रिब्दीकोट कालिका मा .वि मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

 

चुरामणि   तिमिल्सिना  बैशाख १२ 

 रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ बतासेको कालिका माद्यामिक बिद्यालयले स्वर्ण महोत्सवको उपल्यक्षमा रिब्दीकोट गाउँपालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलख बहादुर कार्की को अध्यक्षतामा सन्चालित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आथित्यता रहेको थियो। कार्यपालिका सदस्य सुनिल बस्याल, प्रधानाध्यापक यादव बहादुर कँुवर, वडा सदस्य रुद्र बहादुर थापा, वडा सचिव कमल ज्ञवाली, यस्तै नारायण बहादुर लाम्टाङ्गे,शिव बहादुर कुँवर लगाएतका अतिथिहरुले बिधालय लाई आफ्ना भनाइ सहित शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बोल्ने बक्ता हरुले यस विद्यालयलाई नमुना विद्यालय बनाउन आफुहरु सधै तत्पर रहने प्रतिबद्धता जनाउदै शिक्षाको गुणस्तरमा वृद्धि गर्नका साथै हरेक क्षेत्र बाट बिध्यालयको नाम राख्न आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता जायर गर्नु भयो। । हाजिर जवाफ प्रतियागितामा शारदा मा.वि प्रथम दुत्तिय ज्ञानमाला मा.वि, तृतीय नारायण मा.वि ले हासिल गरेको हो । कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सन्चालन शिक्षक टेक बहादुरु वि.क ले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 815

Leave a Reply

Your email address will not be published. Required fields are marked *