राजन आचार्य रुरधाम
आमानै जननी समस्त जगकी पैदा उनकै भर
सम्युक्तै जगकै प्रताप रहने आमा बिना के छर?
सहन्छिन् दु:ख त्यो खटी नसकिने आँखा अधेरो गरि
स्तनै पान गराउने अमृत समान् आफै पधेरो सरि ।।

चोटै चोट सहेर आज दुनियाँ आमा उनी बन्दछिन्
भोको पेट जहाँन पाल्न ममता खोज्दै कुटो खन्दछिन्।
दिब्यै फूल दिने विशाल भगवान् आमा उनै बन्दछिन्
सन्तानै जगहो भनेर नभमा आमा सदा रम्दछिन्।।

आमाको चकिलो मुहार हसिलो आमा जगत् पारखी
आमाको पसिना लगाम अणिमा आमा रगत् सारथी।
हेर्दै ओठ चपाउने सरलता ज्ञानै दियौ काखमा
पर्दा चोट समाउने तिमिथियौ छोप्ने अहो माथमा।

आमानै जननी समस्त नभकी बाबा उहाँकै भर
सन्तानै सवको उमङ्ग रहने आमा बिना के छर।
आमाको ममता अपार मनमा सासै सरीको भयो
आमानै नभए विशाल तन यो लासै सरीको भयो।।

तिम्रो रक्त समानको नगरमा पौडेर आईसके
तिम्रो निस्चल काखको लहरमा दौडेर धाईसके।
तिम्रा स्वच्छ विचारको छविमहा लौ दृष्टि विश्राम छ
तिम्रा कोमल पादको नरममा यो माथ प्रणाम छ।।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *