जन्म दिनमा जमुनाले गरिन फलफुल बितरण

राजन  आचार्य  रिडी

जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ३ कि स्वास्थ कर्मी जमुना थापा टन्डनले आज आफ्नो जन्म दिनमा गरिने खर्चलाई कटौती गर्दै धार्मिक कार्यमा जोडिनुभएको छ । छत्रकोट चोयगा कार्यस्थल नरम सामुदायिक स्वास्थ इकाई छत्रकोट गा,पा ३ नरममा : अ न मि पदमा कार्यरत टन्डनले हरेक बर्ष खर्चलाई कटौती गर्दै विभिन्न क्षेत्रमा लगाउने गरेको बताउनुभयो। रुरु धार्मिक सेवा सन्चार प्रा . लि. को कार्यालयमा आज बिहान सन्देश पठाउदै आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो ।रुरुक्षेत्र भगवानको परिसरमा रहनु हुने बृद्ध बृद्धा तथा भक्तजनहरुलाई उक्त सहयोगबाट प्रा. लि. का अध्यक्ष तथा पत्रकार चुरामणिले फलफुल खरिद गरेर बितरण गर्नुभयो ।अध्यक्ष तिमिल्सिनाले उहाँलाई टेलिफोन सम्पर्क गरि जन्मदिनको शुभकामना समेत व्यक्त गर्नु थियो । यस्तै उहाँले रुरु सन्चार कार्यालय पनि सन्चार क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्नु भएको छ । धार्मिक क्षेत्रमा काम गर्दै आएको सन्चारले लुकेका प्रतिभालाई उजागर गर्ने संस्कृति संरक्षणमा कार्यक्रम सन्चालन गर्ने जेष्ठ नागरिक बृद्धबृद्धा, गुरुकुलका बटुक तथा असायहरुलाई दाताको सहयोगमा स्वास्थ सिबिर, भण्डारा जस्ता कार्यक्रम पनि गर्दै आएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *