सामाजिक कार्य संगै रुरु सन्चार मिडिया नवौ बर्षमा

धार्मिक स्थलहरुलाई संरक्षण ,पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको हो ।प्रालिले स्थापना भएको आजकै दिन लाई सम्झना गर्दै ९ औ बार्षिकोत्सब समारोह सामाजिक सन्जालबाट शुभकामना आदान प्रदान गर्दै मनाउन लागेको हो ।
प्रालिले स्थापना काल देखिनै धार्मिक पौराणिक सास्कृतिक एतिहासिक तथा खोज मुकल पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिरहेको छ । रुरु क्षेत्रमा चार जिल्लाका कविहरुको माझ कबि गोष्ठी समारोह , कार्यालय परिसरमा फ्री ईन्टरनेट , असाय, गरिब, बिपन्न , अपांग , गरिब दुखि बर्ग भक्त भक्तेनि आमा बुवा सन्तहरुको लागि दाताहरुको समन्वयमा स्वास्थ शिबिर , लता कपडा वितरण भण्डारा कार्यक्रम , खाद्य सामाग्री वितरण , ठुला ठुला महायज्ञको सन्चालन तथा व्यवस्थापन गर्दै आइरहेको छ । धार्मिक सस्थाले नेपालमै पहिलो पटक रुरु धाममा भजन प्रतियोगिता दोहोरोसंख बजाउने प्रतियोगिता , करोड दिप प्रजलन, चार जिल्ला पाल्पा, गुल्मी ,स्याङ्जा र अर्घाखाँचीका पत्रकार सम्मान , सामाजिक अभियानताहरु सम्मान , जेष्ठ नागरिक देखि बिद्यार्थी कृषक सम्मान असल वुहारीको सम्मान निसुल्क चौरासी ब्रतबन्ध दान दाताको सम्मान कार्यक्रमलाई ८ बर्ष देखिनिरन्तर सन्चालन गरिरहेको छ ।
प्रालिले यति मात्र हैन विभिन्न स्थानमा आवस्यकता अनुसार भजन मण्डली संगै ब्राह्मण उपलब्ध गराउने,प्रचारप्रसारको लागि रुरु भित्ते पात्रो प्रकाशन गर्ने , सन्चार र सुचना लाई प्रचारप्रसार गर्न विभिन्न बिद्यालय महिला समुह,आमा समुह ,क्लब ,उधोग बाणिज्य संघ वडा परिवार लगायतलाई उत्घोषण , आधारभुत तालिम , पत्रकारिता समाचार लेखन बाचन नेतृत्व बिकास तालिम सन्चालको कार्यलाई निरन्तरता दिदै आयको छ । सेवा सन्चारको नाम राखेकै आधारमा बिपन्न परिवारका बिरामी लाइ सामाजिक सन्जालको प्रयोग गरी आर्थिक सन्कलन तथा हस्तान्तरण कार्यक्रमलाइ केही समय यता देखि प्राथमिकता साथ अगाडी बडाइरहेको छ ।प्रालिको कार्यलय सित कुनै पनि आथिक सहयोग जगेडा नभएपनि हाल सम्म दान विर दाताहरुको सहयोग बाट फ्री ईन्टरनेट सुबिधा देखि कार्यलय बसेको भवन सिसि केमरा जडान ,दराज कुर्चि अफिसियल सामाग्री हाल सम्म दाताकै सहयोग बाट सन्चालन भएको छ । यस अवसरमा आर्थिक भौतिक नैतिक देश तथा बिदेशबाट सहयोग प्रदान गर्नु हुने सम्पुर्ण दानदाताहरु यस्तै स्थानीय निकाय सम्पुर्ण संघ सस्थाहरु प्रति हार्दिक धन्यवाद प्रदान गरिएको छ।

यसो त यस सस्थाले बिगतका बर्षहरुमा शैक्षिक तथा बौद्धिक कार्यक्रम गर्ने , नेपाल प्रहरीको सहयोगमा पिछडियका महिला बर्ग अपांग मात्र नभइ गाउँका महिला दिदि बैनिहरुलाइ लैङ्गिक हिम्सा,बाल बिबाह, बहु विबाह चेतना मूलक बिषयबस्तु सामाजिक सन्जाल , गाजा फडानी,अबैध मदिरा उत्पादन रोकथाम , सरसफाइ कार्यक्रम जस्ता बिषयमा तालिम पनि प्रदान गरिरहेको छ । यस्ता कार्यक्रम लाई वडा तथा प्रहरीको सहयोग भएमा निरन्तर प्रदान गर्ने अध्यक्ष तिमिल्सिनाले जान्कारि गराउनु भयो।

प्रा लि ले आउँदो पौष महिनामा विविध कार्यक्रमका साथ रुरु धाममा भजन महोत्सव समारोह सम्पन्न गर्ने योजना अगाडी बडायको छ।धार्मिक सस्था प्रालिले बिगतका बर्ष देखि अन्लाईन पुजा कार्यक्रम सन्चालन पनि गरिरहेको छ । कर्ताको माग भएको कारणले अन्लाईन बाट ग्रह शान्ति जप, हबन ,तर्पण नामकरण लघु रुद्राभीषेक तथा विविध पुजा गराउने कार्यक्रम लाई पनि प्राथमिकता साथ अगाडी सारिएको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *