सत्यवती १, अस्लेवाचाैर जन्म भई भरतपुर महानगरपालिका वडा नं २, चितवन ( हाल क्यानडा) निवासी यस विद्यालयका पूर्व विद्यार्थी गिता काफ्ले र उहांका श्रीमान् लक्ष्मण काफ्लेज्यूलेअाफ्ना सुपुत्र अनुपम काफ्लेकाे २०८०/२/४ गते परेकाे शुभजन्मदिन तथा सुपुत्री दिव्या काफ्लेकाे २०८०/२/१० गते पर्ने शुभ जन्मदिनमा खर्च हुने रकम यस विद्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुकाे हितमा प्रयाेग हुने गरी पहिलेकाे रु १०,०००/- मा रु १०,०००/- थप गरी रु २०,०००/-राशीकाे ” दिव्या अनुपम जेहेन्दार तथा बिपन्न विद्यार्थी अक्षयकोष” स्थापना गर्नुभएकाे छ । कोश जम्मा गर्दै काफ्लेले यस्ता उत्सव पर्व तथा कुनै विशेष दिनमा गरिने खर्च लाई सामाजिक कार्यामा लगाउन सकेमा फजुल खर्चको सदुपयोग हुने अन्य लाई पाठ सिक्ने बाताबरणको सिर्जना हुने हुँदा आफुले यसरी थोरै भए पनि सहयोग गरेको बताउनु भयो। रकम बुझ्दै बिधालयका सहायक प्रधानाध्यक बिष्णु प्रसाद पाण्डेले यसरी आउने धन राशि लाई बिद्यार्थीको हक हितको लागि प्रयोग गरिने हुँदा ढुक्क तरिकाले कोश राख्न पनि आग्रह गर्नु भयो ।
