चुरामणि तिमिल्सिना जेष्ठ ६
गुल्मीको रिडीमा १ दिने कर शिक्षा कार्यक्रम रिडी माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना तथा गुल्मी उद्योग बाणिज्य संघ शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । औपचारिक कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बि.कको अध्यक्षता रहेको थियो यस्तै कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मिना देवि गौतम , करदाता सेवा कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरि , घरेलु तथा साना उधोग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल अतिथि रहनु भएको थियो । कार्यक्रममा वडा नं १ का वडा सचिव राम प्रसाद ज्ञवालीले स्वागत मन्तव्य राख्नु भएको थियो । करदाता कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरीले करका प्रकार प्यान लगायत विभिन्न शीर्षकमा लाग्ने करछुट मुल्य अभिबृद्दि करमा लाने शुल्क र महत्त्वपूर्ण कागजात कर सम्बन्धि जानकारी गराउनु भएको थियो ।
यस्तै कार्यक्रममा घरेलु उद्योग अधिकृत सेरेन्द्र भण्डारीले घरेलुमा दर्ता गर्दा अपनाउनु पर्ने कागज पत्र दर्ता नविकरण दर्ता खारेजी गर्दा लाग्ने शुल्क जस्ता विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले पालिकामा दर्ताका बिधान नियम कानुन कर यस्तै पालिकाका सेवा सुबिधा जरिवाना लगायतका विषयमा चर्चा गर्नुभएको थियो ।
कर शिक्षा कार्यक्रममा करमा दर्ता भएका ब्यापारीहरुले यस्तो शिक्षा ब्यापारीहरु माझ कमि भएकोले हरेक स्थानीय तहले असार मसान्त नजीक यस्ता कर रशिक्षा जस्ता कार्यक्रमहरु सन्चालन गरेर सवै लाई सजग बनाउन सकेमा मात्र जिल्लाको कर कार्यालयको अस्तित्व हुने बताएका हुन । यस्तै कार्यक्रम भोलि रुरुको बलेटक्सारमा पनि सन्चालन हुने कार्यक्रमका सन्चालक दामोदर ज्ञवालीले जानकारी दिनु भएको थियो।