गुल्मीदरवार गाउँपालिका नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य सस्थायुक्त घोषणा
जेठ ६
गुल्मीदरवार नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य सस्थायुक्त गाउँपालिका घोषणा भएको छ। लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पालिका घोषणा गरेका हुन । पालिका घोषणा गर्दै कार्कीले अभियानको निरन्तरता र दिगोपनको शुभकामना दिए ।
दिवंगत गाउँपालिका प्रमुख अशोक कुमार थापासहितको नेतृत्वले स्वास्थ्य क्षेत्रको पञ्चवर्षिय दिर्घकालिन योजना बनाउदा पोषण तथा मातृ शिशु सेवालाइ प्राथमिकता दिएको थियो । त्यहि योजना अनुरुप स्थापनाकालदेखिनै गुल्मीदरबार गाउँपालिकाले विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको थियो ।
सुरक्षित सामाग्रीयुक्त बिद्यालय क्षेत्र गाउपालिका घोषणा गर्ने काम गरियो । त्यसपछि अर्को महत्वपूर्ण अभियानको रुपमा पूर्ण संथागत प्रसुति वडा अभियानको थालनी गरिको थियो । जसका लागि केहि महत्वपूर्ण निर्णय र कामहरु भएका छन् । ०७५ पौष २७ गते सुआहारा र स्वास्थ्य कार्यालयको समन्वयमा उप प्रमुखलाई पोषण फोकल ब्यक्ति चयन गरिएको थियो । गर्भवतिको घरमा झण्डा राख्ने, स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य र पोषण परामर्श गर्ने तथा प्रयोगशाला सेवामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने कार्यको पनि शुरुवात गरिको थियो । यो कामले आमाहरुमा आत्मविश्वास र नागरिकमा आशा थपिएको महिला स्वास्थ्यस्वयसेबिका लिला थापाले बताइन ।०७६∕०७७ मा गाउपालिकामा रहेका ८३ वटा स्वास्थ्य आमा समुह लाइ पुनर्जागरण गर्ने, बिपन्न र पछाडी परेका समुदाय भएका गाउपालिकाका १० वटा ठाँउमा छ सय ८५ जनालाई स्वास्थ्य तथा पोषण प्रवर्दन सम्वन्धि अभिमुखिकरण गर्ने र महिनाको २८ गते तौल अनुगमन दिवस संचालन गरि सुनौलो १००० दिनका आमाहरुलाइ तौल अनुगमन, स्तनपान र पोषणको महत्वबारे अभिमुखिकरण गर्दै तौल लिन आएका बालबालिकाहरुलाइ अण्डा बितरण गर्ने कार्यक्रम संचालन गरिएको थियो । आर्थिक बर्ष ०७७∕०७८ मा मातृ तथा नवशिसुको स्वास्थ्यलाइ मध्यनजर गर्दै नेपालमै पहिलोपटक एकिकृत पोषण सम्बन्धि “कस्तो छ आमा” कार्यक्रमको शुरुवात गरियो । यो कार्यक्रमको नाम र कामले गाउँगाउँमा उमंग र उर्जा भर्यो । ०७७ साल भाद्र मा एकै महिनामा ३ वटा स्वास्थ्य संस्थामा नयाँ बर्थिङ्ग सेन्टर संचालन र बलिथुम स्वास्थ्य चौकिलाइ लुम्बिनी प्रदेशमै पहिलो पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्था घोषणा गरियो । यो गाउँपालिकाको लागि ठुलो सफलता हो । गत बर्ष मातृ तथा नवशिसु को स्वास्थ्यलाइ मध्यनजर गर्दै नेपालमै पहिलोपटक संचालनमा ल्याइएको कस्तो छ आमा ? कार्यक्रमको निरन्तरता र कुपोषित बालबालिकाको उपचारको लागि गौडाकोट स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र संचालन गरिएको छ । गर्भवति महिलाहरुको लागि निःशुल्क ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम संचालन तथा २ वटा वडामा सून्य होम डेलिभरि वार्ड घोषणाको सम्पूर्ण तयारी पुरा गरेर ६ वटा वडामा पूर्ण पोषणमैन्त्री स्वास्थ्य संस्था घोषणाको संघारमा गाउँपालिका गर्वका साथ उभिन सकेको गाउपालिका प्रमुख सरोज थापाले बताए ।
मानिसको शरिरमा आवस्यकता अनुसार पोषणयुक्त आहार वा पोषक तत्वको कमि हुनु वा बढि हुनु नै कुपोषण हो भने हाम्रो समुदायमा न्युन पोषणको अवस्था बढि रहेको छ । विशेष गरि गर्भवती, सुत्केरी महिलाहरु, किशोरीहरु र ५ वर्ष मुनिका बालबालिकाहरुमा न्युन पोषणले गर्दा बृद्धि विकाशमा अवरोध भई विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने र समग्र मानव विकासमा बाधा उत्पन्न हुने कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय रुपमा नै कुपोषणको समस्यालाई निराकरण गर्ने कार्यलाई सामाजिक, आर्थिक तथा मानवीय विकासका साथै दिगो विकास लक्ष्य प्राप्त गर्ने आधारको रुपमा लिइएको छ । विश्वमा पांच वर्ष मुनिका करिव ४५ प्रतिशत बालबालिकाको मृत्यु कुपोषणले हुने गरेको अध्ययनहरुले देखाएका छन् । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुने व्यवस्था गरेको अवस्था छ । सन १९७० को दशकदेखि विभिन्न पोषण सर्वेक्षण, आवधिक योजनामा पोषणलाई प्राथमिकता, पोषण नीति तथा रणनीतिको विकास, सर्वेक्षणको आधारमा बालबालिकालाई भिटामिन ए क्याप्सुल र बहुसुक्ष्म तत्व (बालभिटा) तथा गर्भवती र सुत्केरी महिलालाई आइरन फोलिक एसिड चक्की वितरण लगायत कुपोषणको समस्यालाई सम्वोधन गर्न बहुक्षेत्रिय निकायको संयुक्त प्रयासको लागि बहुक्षेत्रिय पोषण योजनाको विकास भएको देखिन्छ । नेपालमा सन् २०१२ मा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी लागु गरिएको हो । नागरिकका स्वास्थ्यप्रतिका आशा स्थानीय सरकारसंग निकै बढि रहेका छन् । स्थानीय सरकारलाई आफ्ना बजेटका सिमाको कारण नागरिकका सवै सपना र आशा पुरा गर्न चुनौति छ । तर, व्यवस्थित योजना र जनप्रतिनिधीमा दृढ संकल्प भए असम्भब केही नरहेकोगाउपालिका उपप्रमुख तारा थापाले बताइन।
गाउँपालिकालाई अहिलेको अवस्थासम्म ल्याइपुराउन पक्कै पनि सजिलो थिएन । तर, जहाँ अप्ठ्यारो छ त्यहिँ सफलता हुन्छ । त्यहि अप्ठ्याराबिचको संर्घषबाट महत्वपूर्ण अभियानमा गाउँपालिकाले आफुलाई नेपालमै अब्बल र पहिलो सावित गरेको छ । यो अभियानसम्म आउँदा पोषण सेवाका कार्यक्रम अन्तर्गत गुल्मी दरवारले शुरुवातदेखिनै सवै स्वास्थ्य संस्था खोप केन्द्र र गाउँघर क्लिनिक मार्फत ५ बर्ष मुनिका बालबालिकाहरुलाइ सरकारको समय समयमा जारि प्रोटोकल बमोजिम तौल अनुगमन गर्ने साथै पोषण परामर्श गर्ने कार्य नियमित रुपमा गरिरहेको छ । नेपालमै पहिलो पटक मासिक तौल अनुगमन दिवस मनाउने र स्वास्थ्यकर्मी, महिला सामुदायीक स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य आमा समुहका सदस्यहरुलाई बिभिन्न समयमा समुदाय स्तरमै गएर पोषण सम्वन्धि तालिमहरु संचालन गरिएको छ ।
प्रत्येक बर्ष ५ बर्ष मुनिका बालबालिकाहरुलाइ अभियानका रुपमा संचालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रम र परजिवि नियन्त्रण कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिदै आएको छ ।