चुरामणि तिमिल्सिना जेष्ठ ७
रुरु क्षेत्र गाउँपालिकाको सभाहलमा १ दिने कर शिक्षा कार्यक्रम रसम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना , गुल्मी उद्योग बाणिज्य संघ ,शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष मिना देवि गौतम , करदाता सेवा कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरि , घरेलु तथा साना उधोग कार्यालय गुल्मीका उधोग अधिकृत सुरेन्द्र भण्डारी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल कार्या पालिका सद्स्यहरु वडाका कर्ममचारी जन प्रतिनिधि हरुको आथित्यता रहेको थियो । करदाता कार्यालय गुल्मीकी कर अधिकृत जमुना गिरीले करका प्रकार प्यान दाताले तिनु पर्ने कर रकम ढिला सुस्तिका कारण लाग्ने जरिवाना सेवा लिदा ध्यान दिनु पर्ने कुराहरु सेवा दाताले बुझानु पर्ने करका किसिम लगायत विभिन्न शीर्षकमा लाग्ने करछुट मुल्य अभिबृद्दि करमा लाने शुल्क र महत्त्वपूर्ण कागजात कर सम्बन्धि जानकारी गराउनु भएको थियो ।
यस्तै कार्यक्रममा घरेलु उद्योग अधिकृत सेरेन्द्र भण्डारीले घरेलुमा दर्ता गर्दा अपनाउनु पर्ने कागज पत्र दर्ता नविकरण दर्ता खारेजी जरिवाना यस्मा दर्ता हुने फाइफा विभिन्न सिप मुलक तालिम जस्ता विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले पालिकामा दर्ताका बिधान नियम कानुन कर यस्तै पालिकाका सेवा सुबिधा जरिवाना आम्दानीका शीर्षक खर्च गर्ने योजना कार्य बिधि कर दर भाउ जस्ता लगायतका विषयमा चर्चा गर्नुभएको थियो । कर शिक्षा कार्यक्रममा करमा दर्ता भएका ब्यापारीहरुले यस्तो शिक्षा ब्यापारीहरु माझ कमि भएकोले हरेक स्थानीय तहले बार्सिक कार्यक्रममै समाबेश गरि गाउँका कुनाकुनाका ब्यापारी बिच कार्यक्रम सन्चालन गरिनु पर्ने पालिका बासि लाई नियम कानुन सचेत गराउनु पर्ने कर र शिक्षा जस्ता कार्यक्रमहरु सन्चालन गरेर सवै लाई सजग बनाउन सकेमा मात्र जिल्ला कर कार्यालयको अस्तित्व हुने बताएका हुन
। कर दाताले गुण तथा खुदोमा सरकार ले लगायाको कर अध्याधिक भएको ले आफुहरुले अव लगतै आफुले दर्ता गरेर सन्चालन गरेका कम्पनी हरु बन्द गर्ने समेत भएका छन उनिहरुले थप्दै भने बल्ल तल्ल अलि अलि खुदो र गुण बनाउन लागेको अवस्थमा राज्यले किसान लाई प्रोत्साहन दिने सट्टामा उल्टै करको चपेटामा आफुहरु लाई पार्न लागेकोले अव उधोग नै बन्द गर्ने उधोगि इन्दु बर ज्ञवाली र चोलानाथ ज्ञवाली बताए। कार्यक्रममा ब्यापारी प्रा लि सन्चालक उधोग बाणिज्य संघ उधोगिहरुको बाक्लो सहभागीता रहेको थियो। कार्यक्रमको सन्चालन दामोदर ज्ञवालीले गर्नु भएको छ ।