चुरामणि तिमिल्सिना जेष्ठ १०
प्रभु बैंक रानीवास शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ६ मा अवस्थित जनज्योती माध्यमिक विद्यालय रिमुवामा कार्यक्रम गरिएको प्रभु बैंक शाखा कार्यालय रानिबासका प्रवन्धक नबिन बस्यालले जानकारी दिनु भयो। बैंकले हरेक बर्ष सामाजिक उतरदायित्व कार्यक्रमहरु अंतरगत बिद्यालय संघसस्था कलब लाई सहयोग तथाविभिन्न कार्यक्रम मासहयोग गर्दै आयको बस्याल ले बताउनु भयो।
सामाग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक
भुवनेवर भुसाल अभिवाबक चेत बहादुर पछाइ तथा बिध्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो। हस्तान्तरण गर्दै प्रमुख बस्यालले आगामी दिन्हरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु बीच सक्दो सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो।