जेष्ठ १२
गुल्मीको चन्द्रकोट गाउँपालिकामा २ दिने आधारभूत तह (६-८) तथा माध्यमिक तहमा पालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयहरुमा अध्यापनरत गणित बिषयका शिक्षकहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना रहेको तालिमा क्षमता बिकास तालीम ११ र १२ गते सन्चालन भएको हो ।
समुदघाटन समारोह चन्द्रकोट गाउँपालिका सामाजिक बिकास समिति संयोजक फणीन्द्रराज अर्यालको अध्यक्षता तथा चन्द्रकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष बिष्णु प्रसाद भण्डारीको प्रमुख आतिथ्यता, नि. प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्मा लगायत पालिका भित्रका आधारभुत तह(६-८) र माध्यमिक तहमा गणित बिषय अध्यापनरत ३० जना शिक्षकहरुको उपस्थिति रहेको थियो । तालिम अवधीभर शैक्षिक तालीम केन्द्र भैरहवाका रोष्टर प्रशिक्षक हरिलाल गैरेले गणित विषयका शिक्षकहरुलाइ सहजीकरण गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सन्चालन चन्द्रकोट गाउपालिका शिक्षा शाखा प्रशासन सहायक दिपेन्द्र जि.सिले गर्नुभएको थियो । साथै तालिममा सहभागी सम्पुर्ण शिक्षकहरुलाइ पालिकाले प्रमाणपत्र प्रदान गरिएको थियो ।
शुक्रबार समापन भएको कार्यक्रममा सुचना अधिकारी शिव प्रसाद ज्ञवालिको आतित्यथा रहेको थियो भने कार्यक्रमको समापन कार्यबाहक अध्यक्ष तथा पालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले गर्नुभएको समाचार चन्द्रकोट बाट श्रीराम गौतमले बताउनुभएको छ ।