जन्म दिनमा लक्ष्मीले गरिन रुरुमा फलफुल वितरण

प्राय गरि हिजो आज आफनो जन्म दिन्मा केक काट्ने फजुल खर्च गर्ने ठुलाठुला पाटि प्यालेसमा कार्यक्रम को आयोजना गर्ने चलन अझै पनि समाजमा चलिरहेको छ । यस्ता विभिन्न फजुल खर्च गर्ने र भोज गर्ने कार्यक्रम लाई बिस्तारौ कम गरि समाज लाई सन्देश मुलक चेतना दिलाउन सहयोगिको भावना देखाउन्को लागि आज लक्ष्मी कंडेलले आफ्नो जन्म दिन रुरु धाममा मनाउनु भएको हो। गुल्मी जिल्ला छत्रकोटमा जन्मनु भएकी लक्ष्मी कंडेल हाल देवचुलि नगरपालिका दलदललेमा बस्दै आउनु भएको छ कंडेलले आज आफ्नो जन्म दिन्मा रुरु मन्दिर परिसरमा रहनु भएका वृद्ध वृद्धा बिपन्न बर्ग गुरु बर्ग लाई फल फुल बितरण गर्नु भएको हो। उहाँले आजै रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको केन्द्रिय कार्यालय रुरु धाम लाई सन्चारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको रुरु सन्चार अन्लाईन खबरका सन्चालक तथा सेवा सचारका सन्चालक चुरामणि तिमिल्सिना ले बताउनु भयो। तिमिल्सिनाले लक्ष्मी जि लाई सामाजिक संजाल बाट सुभकामनासन्देश पठाउदै हरेक कार्यक्रममा सहयोग गर्दै आउनु भएकोले र पुन आज जन्म दिन यहाँ मनाउन रु७५०० सात हजार पाँच सय बिनियोजन गर्नु भएकोमा आगामी दिन्मा समेत यस्तै कार्य गर्न भगवानले आशिर्वाद प्रदान गरुन भन्दै शुभकामना प्रकट गर्नु भएको थियो। उहाँले जन्म दिन्मा मात्र हैन सामाजिक सम्पदा निर्माण, मठमन्दिर निर्माण चौपारि निर्माण संरक्षण बिद्यार्थी हौसला बाल बालबालिका लाई प्रोत्साहन धार्मिक कार्यक्रममा निरन्तर सहयोग गर्दै आउनु भएको छ

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *