स्व:आत्मराम भण्डारीको सम्झनामा सत्यवतीमा शैक्षिक कार्यक्रम

 चुरामणि तिमिल्सिना

सत्यवती माध्यमिक बिद्यालय सत्यवती ५ हसरा गुल्मीमा माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।बिद्यालयका पुर्ब सहायक प्रधानाध्यापक स्व आत्मराम भण्डारीको दोस्रो बार्शिक पुन्य स्मृति का अवसरमा उहाँ कि धर्मपत्नी लक्ष्मी शर्मा भण्डारी ले आयोजना गर्नु भएको हो। माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक बिद्यालय अस्लेवाले प्रथम हासिल गरेको हो। यस्तै सत्यवती माध्यमिक बिद्यालय हसरा द्वितीय र सरस्वती माध्यमिक बिद्यालय लिम्घा तृतीय भएका हुन ।

कार्यक्रममा उहाँकी धर्मपत्नी लक्ष्मीले आगामी दिन्मा पनि कार्यक्रमलाई निरन्तर दिनको लागि रु ५00000 पाँच लाख को अक्षय कोष स्थापना समेत गर्नु भएको हो। ब्यबस्थापन समितिका अध्यक्ष लिला बहादुर क्षेत्रीको अध्यक्षतामा सन्चालित कार्यक्रममा सत्यवती गाउँपालिका कि उपाध्यक्ष निरमाया तरामुको प्रमुख आथित्यता रहेको थियो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल विशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली वडा न ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारी शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवाली सत्यवति बहुमुखी क्याम्पसका सन्चालक समितिका अध्यक्ष लक्षमण भण्डारी र सत्यवति माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद भणडारी तथा बोल्ने बक्ताहरुले स्व भण्डारीले बिद्यालय तह तथा शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योग्दानको चर्चा गर्दै उहाँलाई बिध्यालय तथा यस क्षेत्रले सदैव सम्झने र उहाँकी धर्मपत्नी ले राख्नु भएको अक्षयकोष बाट कार्यक्रम समेत निरन्तर रुपमा अगाडी बढाउने बताउनु भयो।

कार्यक्रममा सहायक प्रधानाध्यापक केशव राज आचार्यले स्वागत मनतब्य राख्नु भएको थियो। कार्यक्रमको सन्चालन सहयाक प्रधानाध्यापक भिम लाल भण्डारीले गर्नु भएको थियो। कार्यक्रममा सहभागी सबै बिद्यालयलाई पुरस्कार प्रदान गरिएको ।

 

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 836

Leave a Reply

Your email address will not be published. Required fields are marked *