चुरामणि तिमिल्सिना जेष्ठ १४
किसान कृषि सहकारी सस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा न ३ हार्थोक पाल्पाले सन्चालन गरेको उपभोक्ता सुपथ पसलले ग्राहक बर्गको मन जित्न सफल भएको छ ।
८ महिना अगाडी बाट सन्चालन गरिएको पसल हार्थोक बजारमै रहेको छ । दैनिक घरयासि सामान बिक्रि गर्दै आयको सहकारीले सेवामा थप गरि विभिन्न किसिमका मलहरु र ग्यास समेत बिक्रि गरिरहेको सुपथ पसल सन्चालक समितिका अध्यक्ष बिष्णु प्रसाद ले जानकारी दिनु भयो ।यहाँ कृषकले उत्पादन गरेका हरेक ताजा तरकारी सन्कलन गर्ने बिक्रि गर्ने र बचत भएमा अन्यत्र समेत पठाउने गरेको सहकारी कि प्रबन्धक बिनिता गौतमले बताउनु भयो।
ग्राहक बर्ग लाई सेवाका लागि सन्चालन गरिएको पसल बिहान ७ बजे देखि साझ ७ बजे सम्म खोल्दै आयको पसलमा प्राय गरि चामल , चोक्क्रर ब्राण्ड , मकै ग्यास तथा चिनि बढि मात्रमा ब्यापार हुने पसलमा रहदै आउनु भएका खेम सोमैले बताउनु भयो। गाउँघरमा सहकारि सस्था भएता पनि सुपथ मुल्यको पसल भने यो पालिकामा एक मात्र रहेको अझ थप सेवा प्रबाह लाई योजना पनि बनाउदै आयको सहकारी सन्चालक समितिका अध्यक्ष बिष्णु प्रसाद आचार्य ले जानकारी दिनु भयो ।
यता सहकारीका उपाध्यक्ष कमला खनाल ले हरेक सद्स्यहरुले यहीँ बाट दैनिकी प्रयोग हुने सामाग्री खरिद गर्ने हो भने सहकारीका सदस्यहरु लाई नै फाइदा हुने यस तर्फ पनि ध्यान आवस्यक रहेको बताउनु भयो।