पदम गैरे जेष्ठ १७
रम्भा गाउपालिका वडा नम्बर ४ हुमिनमा ट्राक्टर दुर्घटना भएको छ।
तानसेन बर्तुङ काे गैरे हाड्वयरबाट पुर्वखाेला गाउपालिका वडा नम्बर २ जल्पाकाे सरस्वती माद्यामिक विद्यालयकाे भवन निर्माणकाे लागि निर्माण सामाग्री ल्याउदै गरेकाे लु ३ त ९०४ नम्बरको ट्राक्टर दुर्घटना भएको हाे ।
दुर्घटनाबाट ट्राक्टर सहचालक ४० वर्षिय झमान सिं गाहाकाे दाहिने खुट्टामा चाेट लागेको छ । चालक २० वर्षिय कमल गाहालाइ चाेट लगेको छ । दुवै जनालाई युनाइटेड मिसन हस्पिटल तानसेन पठाएको ताहु प्रहरी चाैकिका प्रमुख याम बहादुर पुनले बताउनुभयो । पुर्वखाेला जाने बाटाेकाे घुम्तिमा ट्राक्टरले नताने पछि ब्याक हुदा ५० मिटर तह खसेको थियो ।