चुरामणि तिमिल्सिना जेष्ठ १९
रिब्दीकोट गाउँपालिकामा शैक्षणिक पिटि प्रशिक्षण तालिम समापन भएको छ । गाउँपालिकाको आयोजनामा पिटि तथा खेल शिक्षकहरुका लागि ३ राष्ट्रीय गान तथा साङ्गेतिक पिटि तालिमको पालिकाका अध्यक्ष अध्यक्ष नारायण बहादुर कार्की ज्यूको अध्यक्षता, पालिका उपाध्यक्ष कान्ता अधिकारी ज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल ज्यूको बिशिस्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा वडाका वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य लगायत कार्यालयका कर्मचारी ज्यूहरु तथा तालिममा सहभागी विध्यालयका शिक्षक ज्यूहरुको उपस्थिति रहेको थियो तालिममा ३८ बिद्यालयका ५३ जनाको सहभागीता रहेको थियो।
समापन सत्रमा बोल्दै प्रमुख अथिति उपाध्यक्ष अधिकारीले हरेक दिन सिकेका कुराहरु लाई प्राथनामा गयर प्रयोग गात्मक रुपमा सिकाउदा बिद्यालयको केही मुल्यांकन समेत प्रभाव हुने बिद्यार्थीमा स्वस्थ समेत राम्रो फाइदा हुने ब्याम गर्दा हरेक अंगहरुको कसतर हुने हुँदा पिटि आवस्यक रहेको बताउदै अव भोलिका दिन देखिनै पिटि लागि प्राथमिकतामा राखेर सिकाउन आग्रह गर्नु भयो। कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख मणि प्रसाद खनाल ज्यूले गर्नुभएको हो। कार्यक्रमको प्रशिक्षण हरिश वोलिले गर्नु भएको थियो।