कपिल बस्तुमा आगोलागी बाट ठुलो क्षति

कपिलवस्तुको बैरियामा आगलागी हँुदा लाखौको क्षती
सुरेश क्षत्री कपिलवस्तु ।
कपिलवस्तुको बाणगगां १ बैरिया बाल मा वी स्कुल पछाडि अवस्थीत. जिबन घिमिरेको घरमा आगलागी भएको छ ।आगलागी आज बिहान करिब ९ः३० बजे लागेको हो ।
गोठ र परालको माच जलेर पुर्ण रुपमा नस्ट भएको छ भने लाखौँ धनजनको क्षती भएको छ । घरमा भएका घरायसी सामानहरु सहित गोठमा भएका काठहरु जलेर नष्ट भएका छन्
आगलागीको कारण र क्षतिको विवरण आउन बाकि छ । बाणगगां नगरपालिको दमकल र स्थानिय वासीको सहयोगमा करिब १२ बजेर १५ मिनेटमा आगो नियन्त्रणमा लिईएको हो ।
स्थानियका अनुसार बाणगगांमा नगरपालिका भएतापनि बैरिया क्षेत्रमा एक किलोमिटरको आसपासमा आगलागी हुदाँ जानकारी गराएको आधा घन्टा पछि मात्र दमकल आएको कारणले गर्दा क्षती थप बढी हुन गएको स्थानियले बताएका छन् ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *