चुरामणि तिमिल्सिना जेष्ठ २० रुरु क्षेत्र गाउँपालिकामा १ दिने योगअभ्यास सम्बन्धि अभिमुखिकरण कार्यक्रम बलेट्क्सारको कभडहलमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यदुज्ञवालीको अध्यक्षतामा सन्चालित कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल वडा ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ उघोग बाणिज्य संघ बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवाली जनप्रतिनिधि तथा स्थानीयको सहभागीता रहेको थियो।
कार्यक्रममा बलेटक्सार आयुर्वेद औषाधालयका प्रमुख कबिराज निरीक्षक नन्द बहादुर गेलाङलले कार्यक्रममा स्वागत गर्दै कार्यक्रम माथि प्रकास पार्नु भएको थियो। ४५ जनाको सहभागीता रहेको कार्यक्रमा जिल्ला आयुर्वेद औषाधालयका वरिष्ठ कबिराज निरीक्षक माधव प्रसाद बस्याल र रिडी आयुर्वेदकी कबिराज निरीक्षक दिक्षा भण्डारीले प्रयोगात्मक रुपमा विभिन्न प्रकारका योग्का चरणहरु प्रशिक्षण गर्नु भएको थियो। कार्यक्रममा अध्यक्ष ज्ञवालीले यो अभ्यास अव पालिकाले रुरुको रिडी र बलेटक्सारमा सन्चालन गर्न आफ्नो टिम निरन्तर लाग्ने प्रतिबद्धता जायर गर्नु भयो।