महत्त्वपूर्ण_भेटघाट
गुल्मी जिल्लाको सत्यवती गाउँपालिका र तुराङ बहुप्राबिधिक शिक्षालय बिच महत्त्वपूर्ण बिषयमा छलफल तथा भेटघाट सम्पन्न भएको छ । सत्यवती गाउँपालिकाका अध्यक्ष श्री टिकाराम पाण्डे र शिक्षालयका तर्फबाट शिक्षालय प्रमुख प्रदिप राज पाण्डे बिच आगामी शैक्षिकसत्र २०८०/०८१ देखि सत्यवती गाउँपालिकाका ८ वार्ड बाट १/१ जना विद्यार्थीलाई कृषि तथा भेटेरिनरी प्राबिधिक अध्ययन गर्ने ब्यबस्था मिलाउने बिषयमा छलफल भएको हो । सो कार्यक्रमको लागि आगामी पालिका स्तरीय नीति तथा कार्यक्रममा योजना प्रस्तुत गर्ने र आगामी बर्षको शैक्षिकसत्र देखि नै लागू गर्ने तयारी भएको हो । स्थानीय युबाहरुलाइ सिपमुलक प्राबिधिक बिषय अध्ययन गर्न प्रोत्साहित गर्ने र उद्यमशिलताको बिकास गर्ने उद्देश्य राखेर यस्तो अभ्यास गर्न थालिएको छ । Turang Polytechnic Institute- Gulmi ले शैक्षिकसत्र २०७८/०७९ देखि कृषि बिषयको ३ बर्षे बाली बिज्ञान कार्यक्रम पठनपाठन गराउदै आएकोमा शैक्षिकसत्र २०८०/०८१ देखि पशु बिज्ञान कार्यक्रम पनि संचालन गर्न लागेको छ । सत्यवती गाउँपालिकाले ८ जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरेर प्रत्येक वार्डको प्रतिनिधित्व गराउन खोजेको र विद्यार्थीहरुले शिक्षालयमा संचालित २ कार्यक्रम मध्ये आफुलाइ मनपर्ने बिषय छनौट गरि अध्ययन गर्न पाउनेछन । सो छलफलका क्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे , कृषि शाखा प्रमुख उपकार भण्डारी र शिक्षालयका तर्फबाट कृषि प्रशिक्षक सुमित भुसाल तथा शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको उपस्थिति रहेको थियो ।