जेष्ठ २१
रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रनानि कृष्ण प्रसाद आचार्य समेतको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्ली र गुल्मी यातायात प्रालि को आयोजना र नेपाल नेत्रज्योति संघ गुल्मी, गुल्मी मोडल हस्पिटल प्रालि गुल्मी नेपाल पत्रकार महासंघ गुल्मीको सहयोगमा कार्यक्रम गरिएको हो
। सडक खण्डमा संचालित ८५ (पन्चासी) वटा साना-ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवंम स्वास्थ्य परीक्षण कार्यका साथै उक्त सवारी साधनहरुको दक्ष प्राविधिकद्वारा यान्त्रीक परीक्षण कार्य सम्पन्न गरिएको, उक्त परीक्षणवाट ६ जना चालकहरुमा उक्त रक्तचापको समस्या तथा ५ जना चालकहरुमा आँखामा समस्या (Colour Defect) देखिएको तथा सवारीहरुमा समेत समय-समयमा मर्मत सम्भार, समिसिङ्ग, टाइराइड, टायर लगायतको समस्या देखिएकोमा उक्त समस्या तत्काल सुधार गर्न र समय समयमा आँखा, स्वास्थ्य एवंम सवारी परीक्षण गरी “आफू बाँचौ र अरुलाई पनि वचाऔं” भन्ने मुल मर्मलाई सदैव ध्यानमा राखी सवारी चलाउन सुझाव दिईएको छ ।
। पछील्लो समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमा चेक जाच सुचना प्रवाहा यात्रु लाई ट्राफिक सचेतना जगाउने प्रशिक्षण कार्यक्रम लाई निरन्तरता दिदै आयको छ ।