छात्राबास भवन सहित कर्मचारी आवासको उत्घाटन

चुरामणि तिमिल्सिना  जेष्ठ २३

गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रुरु सस्कृतबिद्यापीठको नव निर्मित शिक्षक तथा कर्मचारी आवस एवम् छात्रावासको नेपाल सस्कृत विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा यादव प्रसाद लामिछानेले विशेष कार्यक्रमका बिच उत्घाटन गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा लामिछानेले सुसस्कृत समाजका लागि सस्कृत शिक्षा अपरिहार्य रहेको बताउदै यस बिद्यापीठलाई आवश्यक परेको सहयोग कार्यलय बाट उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो। सहप्राध्यापक लिला मणि शर्माले कार्यक्रममा स्वागत गर्नु भएको थियो ।कार्यक्रममा त्रिभुवन विश्व विद्यालय एवम् नेपाल सस्कृत विश्व बिद्यालका प्राध्यापक हरु ,स्थानीय पालिका, वडाका जनप्रतिनिधि , सुरक्षा निकाय समाजसेवी, बौद्धिक वर्ग लगायतको आतिथ्यता रहेको थियो।

।कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्राध्यापक डा यादव प्रकाश लामिछाने एवम् सेवा आयोगका सदस्य प्राध्यापक मुरली मोहन बास्तोला लाई अभिनन्दन गरिएको थियो।

यस्तै दीर्घसेवा पदक बाट प्राध्यापक नवराज पाण्डे र कर्मचारी लक्षमण घिमिरे लाई सम्मान समेत गरिएको थियो।कार्यक्रमको संचालन उप प्राध्यापक बसन्त बहादुर क्षेत्रीले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *