वडा सदस्य कुवले गरे बैठक बापतको रकम बाट सहयोग

“आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”।
चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ।
गुल्मी जिल्ला सत्यवती गा पा को १ न वडाका जनप्रतिनिधि (वडा सदस्य)ले आफले पाउने मिटिङ्ग भत्ता बाट ३०% रकम अपाङ्ग असहाय लाइ सहयोग गरेका छन् ।

दैनिक आफ्ना वडा बासीको समस्या तथा गुनासो सुनुवाही तथा समाधान र वोडा भित्रका योजना तथा बिकाश निर्माणका कामहरुमा वडाध्यक्ष संगै समन्वय गर्दै आएका वडा सदस्य हिमलाल कुँवर तत्पर खटिरहने जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन।

जेष्ठ महिना सकिदै गर्दा अन्तिम आइतबारको मौका पारेर वडा सदस्य हिमलाल कुँवरले आफ्नै वडाका ३ जना गरिब, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई नगद तथा जिन्सी सामान हस्तान्तरण गरेका छन्। “सेवानै धर्म हो” भन्ने भावनाले उत्प्रेरित कुँवर सोहि वडाको रुद्रवेणीमा होटेल ब्यबसाय पनि गर्दै आएका छन्। धर्म संगै कर्ममा विश्वास गर्ने कुँवर लाई यस्तै सामाजिक कार्य गर्न थप हौसला मिलोस।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *