गुल्मीको छत्रकोट गापामा आगामी वर्षका लागि रायसुझाव संकलन सुझावल

भुवन भुसाल, गुल्मी

गुल्मीको छत्रकोट गाउँपालिकाले छत्रकोटवासी तथा सरोकारवाला संग राय सुझाव संकलन गरेको छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका निम्ति पालिकाले सबै पक्षलाई बोलाएर सुझाव संकलन गरेको हो । पालिकाले आज सुझाव संकलनका लागी राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार लगायत संग सुझाव संकलन गरेको हो ।

कार्यक्रमको सुरुमै संबोधन गर्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले पालिकालाई आफ्नो घर मानी सुझाव दिन सक्रिय सहभागीताका लागि धन्यवाद व्यक्त गरेका छन । कार्यक्रममा सुझाव दिन आएका अधिकांसले पालिका भित्र बाँदरको आतंकले बस्नै नसक्ने अवस्था आएको बताएका छन । पालिकालाई सुझाव दिंदै कतिले बाँदर मार्न पाउनुपर्ने माग गरेका छन भने कतिले अनावश्यक रुख काटेर फलफुलका बिरुवा रोप्न सुझाव दिएका छन ।

कस्का सुझाव कस्ता ?

छत्रकोट ४ का स्थानिय भेषराज कंडेलले बसाईसराई रोक्न स्वास्थ्य क्षेत्रको सुधारका निम्ति आवस्यक काम गर्न सुझाव दिएका छन । साथै उनले शिक्षा क्षेत्रमा सामुदायिक बिधालयमा गुणस्तर वृद्धिका निम्ति आवस्यक काम गर्न सुझाव दिए ।

शेषकान्त श्रेष्ठले नेवार समुदायको सम्पदा बचाउन आवस्यक बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छन । उनले भिमशेन मन्दिर निर्माण, नेवारी भाषाको संरक्षणका लागि तालिमको व्यवस्था गर्न आग्रह गरेका छन । लुम्छाका स्थानिय बाबुराम अर्यालले स्थानीय सरकारको काममा खास गुनासो नभएको भन्दै अधुरा काम पूरा गर्न र सार्वजनिक जग्गा अतिक्रमण रोक्न सुझाव दिएका छन । छत्रकोट ५ को मिलिजुली सहकारीका अध्यक्ष मदन ज्ञवालीले पालिका भित्रका सहकारीहरुलाई पालिका भित्र एक मुल कानुन बनाई निगरानी गर्न सुझाव दिएका छन । ज्ञवालीले बाँदर नियन्त्रणका लागी उपाय बताउँदै बाँदर मारेरै सक्काउनुपर्ने सुझाव दिएका छन। ज्ञवालीले भने “बाँदर अब गाउँमै हतियार बनाएर मार्न पर्छ, उसले हाम्रो सक्काएपछी अब उसलाई पनि सक्काउनु पर्छ, हतियार बनाउने र मार्ने गर्न गाउँकै केटाहरुले सक्छन” ।

छत्रकोट ४ का स्थानिय यम बहादुर नेपालीले बसाइँसराइ रोक्न, बन्यजन्तुको आक्रमण बाट रोक्न जंगल क्षेत्रलाई घेराबार गर्ने र जंगलमा फलफुल रोप्नुपर्ने सुझाव दिएका छन । नेपालीले आफू दलित अधिकारकर्मी समेत भएको बताउँदै दलित समुदायमाथी हुने अपहेलना अन्त्यका लागि पालिका निर्मम ढंगले लाग्नुपर्ने सुझाव दिएका छन ।

चुण्ड कंडेलले बिधालय तहको पाठ्यपुस्तकमा बिधुतिय सामाग्री र ग्यासको प्रयोग र यसका जोखिम न्यूनीकरणको उपाय समाबेस गर्न र नैतिक शिक्षा समेत समाबेश गर्न सुझाव दिएका छन ।

छत्रकोट ३ चोयगा निवासी क्या. कृष्ण थापाले सार्वजनिक जग्गाको अतिक्रमण रोक्न पालिका निर्मम बन्न सुझाव दिएका छन साथै उनले आगोलागी रोक्न आगो लगाउने व्यक्तिलाई कारवाही गर्न सुझाव दिएका छन ।

प्रकाश पन्थले खानेपानी महशुल छुट गर्न सुझाव दिएका छन भने चोयगा मन्दिर व्यवस्थापन समिति अध्यक्ष बिक्रम कार्किले छत्रकोटको धार्मिक बनमा तारबारको लागि बजेट व्यवस्थापन गर्न, छत्रकोट मन्दिर प्रबेश द्वार देखि मन्दिर सम्म पैदल मार्ग बनाउन, पुराना अधुरा योजना पूरा गर्न, करको दर व्यवसाय अनुसार परिमार्जन गर्न लगायतका सुझाव दिएका छन ।

छत्रकोट ३ लुम्छाका कमल प्रसाद श्रेष्ठले देउराली खोला भालुपानी खानेपानी आयोजनाको मुहान सुकेकाले थप मुहान बाट पानी ल्याउन बजेट व्यवस्था गर्न आग्रह गरेका छन । उनले बाँदर आतंकले बस्नै समस्या भएको भन्दै आफ्नो जग्गामा खेती गर्न पालिकालाई आग्रह गर्दै आफुले जेलादारी मा आफ्नै बारीमा काम गर्ने र अनाज पालिका संग खरिद गर्न तयार रहेको बताएका छन ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *