छत्रकोटमा प्रधानाध्यापक लाई क्षमता वृद्धि तालिम

कालिदास आत्रेय जेठ २९

गुल्मीको छत्रकोट गाउँपालिकामा प्रधानाध्यापकहरुको क्षमता अभिबृदी तालिम सुरु भएको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित पाँच दिने तालिममा छत्रकोट गाउँपालिका भित्रका विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । तालीमको सहजकर्ताको रुपमा भूषण भुसाल ,दामोदर ज्ञवाली , ईश्वरी न्यौपाने ,गणेश सिन्जाली र बिनोद न्यौपाने रहनुभएको छ। छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे को अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली , प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुन, सामाजिक बिकास समिति सम्योजक गुणाकर ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो । प्रशासकीय अधिकृत वीर बहादुर पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *