जेष्ठ ३१ गुल्मी
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको संयोजकत्वमा तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, चन्द्रकोट गाउँपालिका गुल्मी तथा प्रहरी चौकी मजुवाको समन्वयमा चन्द्रकोट गाउँपालिका ८ को मजुवा बजारमा संयुक्त बजार अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा भेटिएका म्याद नाघेका अखाद्य वस्तु बरामद गरि कर्मचारी तथा सुरक्षाकर्मीको रोहबरमा नष्ट गरिएको छ ।
पसलमा देखिएको समस्याको बारेमा मौखिक मात्रै नभई लिखित जानकारी दिइएको छ । साथै अर्कोपटक सुधार नगरे कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
अनुगमनको क्रममा: पसलको साइन बोर्ड नभएको,मुल्य सूचि नराखेको,दर्ता तथा नविकरण नगरेको र मिश्रीत ढंगले पसल सञ्चालन गरेको पाईएकोमा तत्काल सुधार गर्न निर्देशन समेत दिइयको हो।