गुल्मीको सत्यवतीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

चुरामणि  तिमिल्सिना जेष्ठ  ३२

गुल्मीको सत्यवती गाउँपालिकामा सार्वजनिक सुनावाइ कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाको सभाहलमा सन्चालन भएको कार्यक्रममा पालिकाका बासि सेवाग्राहिको भिड नै लागेको थियो । सडक, खानेपानी, शिक्षा ,स्वास्थ्य, खेलकुद स्थानीय प्रवर्द्धनात्मक कार्यक्रमहरु कृषि, रोजगारी, भौतिक पुर्वाधार जस्ता विषयमा सेवाग्राहिले चासोको साथ अध्यक्ष, उपाध्यक्ष तथा जनप्रतिनिधि लाई समयमा काम सक्न तथा विभिन्न विषयमा जिज्ञासा समेत राखेका थिए ।कार्यक्रममा पालिकाका अध्यक्ष टिकाराम पाण्डेले १ बर्ष पुरा हुँदा पालिकामा स्वास्थ,शिक्षा, सडक,खानेपानी, बिधुत, हाटबजार , प्रशासनिक क्षेत्र, सडक, भौतिक पुर्वाधार जस्ता कामलाई निरन्तरता दिदै आएको र आगामी समयमा टिमले सोचेभन्दा बढि उपलब्धि हुने दाबि गर्नु भयो।

अध्यक्ष पाण्डेले सभामा बोल्दै भन्नुभयो कि हामि जनताका प्रतिनिधि हौ जनताका सेवा गर्न यहाँ आएका हौ कसैको दबाब प्रलोभनमा नफसि काम गरेका छौ बजेट बितरणमा कसैलाई काखा र कसैलाई पाखा र नबनाई स्थान परिवेश र आवश्यकताको आधारमा बिनियोजन गरेर काम अगाडी बढाइएको समेत दाबि गर्नुभयो। कृषि क्षेत्रमा अगाडी बढाउन विभिन्न निकाय संग समन्वय, समझदारी गर्दै पालिका कृषि शाखाको बजेटबाट कृषक लाई राहत पुर्याउने अभ्यासले आफ्नो टिम सफल भएको समेत बताउनु भयो । यस्तै उपाध्यक्ष निरमाया तरामुले न्याय सम्पादनको विषय महिला हक, महिला सचेतना, र जनचेतना मुलक कार्यक्रम स्वास्थ शिक्षा जस्ता महत्त्वपूर्ण कार्यहरुलाई प्राथमिकता साथ छलफल गरेर निर्णयमा पुगेकोले समस्या नआएको बताउनु भयो । पालिकाका हरेक वडामा भएका बिकास निर्माणका काम लाई कतै ढिला सुस्ति कतै नापजाच र कतै अनियामितता भएको भए तत्काल लै पालिका मा खबर गर्न र सबै लाई बिकासका काममा हातेमालो गर्दै अगाडी बढ्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज भुसालले आग्रह समेत गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, महिला समुह, स्थानीय संघसस्थाका प्रमुख, शैक्षिक ब्यक्तित्वहरु पत्रकार सुरक्षा निकाय लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संयोजन तम्घास स्थित रहेको जनधार मिडिया प्रा. लि. ले गरेको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *