चुरामणि तिमिल्सिना असार १
रिब्दीकोट गाउँपालिकामा बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बजेट तर्जुमा समिती संयोजक एवम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी ज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।
तर्जुमा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल सम्पुर्ण वडाका वडा अध्यक्ष , गाउँ सभाका सम्पुर्ण सदस्यहरु , कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कृषि पर्यटन स्वास्थ शिक्षारिजगारी लाई प्राथमिक दिदै अगाडी बढ्न समेत आग्रह गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष कार्किले बिगतका तुलनामा बजेट कम भएको मिलायर बितरण गरिने कुरामा ढुक्क हुन आग्रह गर्नु भयो पालिकामा रहदा हरेक वडा देखि पालिकामा सेवाप्रवाह लाई चुस्त दुरुस्त का लैजानु पर्ने जनता लाई सानो सिफारिस देखि श्रमका कागजपत्रमा सेवा लाई ढिलाइ नगर्ने नम्र र सद भाव राखी जन्ताका समस्या लाई क्रमैसित टिमले वडा देखि पालिकाले सम्बोधन गर्दै लैजाने आफ्नो योजन पनि रहेको बताउनु भयो उहाँले थप्दै भनु भयो पालिका सबैको भएकोले पछील्ला दिन्हरुमा पालिकाले बजेट लाई थप घट गर्न सक्ने बजेट लाई वृद्धि गर्न सक्ने आफनै पालिकाले गर्न मिल्ने हुदा न आतिन पनि आग्रह गर्नु भयो । वडामा सानो बजेट भएता पनि सकिने र देखिने काम संगै आवस्यकताका आधरमा काम गर्न गर्न योजना अगाडी सार्न आग्रह गर्नु भयो यस्तै कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले आफ्ना कार्यक्रम लागि अगाडी बढाउन बजेट थप् गर्न र कार्यक्रम प्रभाव काम बनाउन अध्यक्ष र उपाध्यक्ष समेत ध्यान केन्द्रित गराउनु ।
भएको थियो।कार्यक्रम म्मा सभाका अध्यक्ष अधिकारीले बजेट बिनियोजन गर्दा सबै लाई स्थान आवस्यकता हेरेर बितरण गरिने हुँदा भ्रममा नपर्न र कसैलेको माग लाई मात्र धेरै बजेट बिनियोजन नहुने कुरामा ढुक्क हुन् सबै लाई आग्रह गर्नु भयो। कार्यक्रममा जन प्रतिनिधिले वडामा बजेटको सिमा बढाइ अधुरा योजना र पर्यटन प्रवधनात्मक कार्यक्रम लाई आगामी दिनमा अगाडी बढाउन आग्र्ह गरेका छन कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख कासिनाथ आचार्यले गर्नु भएकोमा थियो।