मजुदुर लाई दैनिक पिउने पानी खुवाउदै रुरुका ज्ञवाली दम्पती

चुरामणी तिमिल्सिना असार   ८

रिडी तम्घास सडक खण्डमा करिव ४ महिना यता देखि सडक बिस्तार कार्यक्रम सन्चालन भैरहेको छ । गर्मीको समय उत्तिकै रहेको छ, काम गर्ने मजदुर पनि काम गर्दागर्दै ढल्ने अवस्था रहन सक्छ। गाउँ घरमा यो समयमा पानीको हाकार गाउँ घरभरि उतिकै छ । गाउँमै भएता पनि ती मज्दुर गर्ने १००औ मजदुर लाई पिउने पानी कस्ले खुवाउने नत कतै नजीक पानीको मुहान छ न त धारा नै नजीक छ , नत पानी को लागि कुवा पोखरी छन ती समस्या हरु लाई मध्य नजर गर्दै गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न ३ थानपती वसन्त पोखरी हाल वडा न १ रिडीमा होटल क्राउन्का संचालक नारायण ज्ञवालीले मजुदुर हरुलाई दैनिक काटुनका काटुन् पिउनेपानी खुवाइरहनु भएको छ।

जिन्दगीमा मरि लानु के छ दुई दिन्को जिन्दगीमा जती सको धर्म कर्म दान पुन्य दिन दुखि लाई सहयोग असाय लाई राहत भोका लागि अन्न नाङगा शरीर भएका लाई केही गर्न सकिन्छ कि भन्ने उद्देश्य ले सक्दो सहयोग गरेको ज्ञवालीले बताउनु भयो। जीवन लाई सजिलै पार लगाउन सकिने बैकुण्ठ वाला पितृहरुले आशिर्वाद देलान भनेर नै उनकी धर्मपत्नि बिष्णु ज्ञवालीले बताउनु भयो।

सडकमा पसिना बगाउने आफ्नै गाउँको बिकासमा मजदुर नै भएर आयर काम गरेर आफुहरु लाई निकै सन्तुष्टि पार्ने योजना देख्दा अझ थप सेवामा तल्ललिन हुन मन जाग्ने ज्ञवालीले बताउनु भयो ।सानै उमेर देखि सामाजिक सेवा गर्न अति रुचि राख्ने ज्ञवाली पछील्लो समयमा कालीगण्डकी करिडोर रिडीमा सम्पुर्ण सुबिधा सहित राम्रो स्तरिय होटल क्राउन सन्चालन गर्दै आउनु भएको छ । गाउँघरमा महि पनि प्रसस्त पाइन्छ तर ती मजुरदुरु लाई कतै बाट दिय पनि कति खुशी हुन्थिय होला ।काम गरेको ठाउँमा चिसो फ्रीजको  पिउने पानी लियरदम्पती पुग्दा पानी छोेपाछोप गरेर लिने गर्दछन ।

नत ज्ञवालीका कुनै आफन्त नत नजीकका इस्ट मित्र जे भएपनि यसरी सेवा गर्न पाउनु अझ पानी नै खुवाउन पाउनु आफ्नो परिवारको भाग्य नै हो ज्ञवाली परिवारको भनाइ रहेको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *