श्रीराम गौतम असार १०
पानी अभावका कारण गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका वडा.नं २ र ३ मा रहेका भुदी,साझरे,गैह्री,र ढाडा लगाएतका फाटहरुमा यसपालिको रोपाइ ढिला भएको हो । गत बर्षहरुमा असारको ५/६ गतेसम्म फाटैभरी नाया रोपेको बीउ हुने गरेकोमा यसपाली खेत बाझै रहेको स्थानिय हरुले बताउछन । आजभन्दा ५ बर्ष पहिले सम्म चन्द्रकोट ३ हराचौर मा रहेको हिले खोलाबाट कुलो आउने गरेको तर त्यसपछी मोटरबाटो बिस्तारका कारण कुलो पुरिएपछी किसानहरु आकासे पानीको भरमा खेती गर्न बाध्य भएको किसानहरुले बताएका छन । विभिन्न समयमा कुलोको लागि प्रयास भएता पनि बारम्बार गरिने सडक बिस्तार र पहिरोको कारणले गर्दा कलो पुरिने र भत्किराख्ने भएकाले कृषकहरुले सास्ती खेप्न बाध्य भएका हुन ।