गाउँपालिकाले गर्यो उत्कृष्ट बिद्यालय , शिक्षक र बिद्यार्थी लाई संमान

असार-१०,२०८०
प्युठान।
प्युठानको माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित उत्कृष्ट विद्यालय ,शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।गाउँपालिकाको १४अौँ वजेट अधिवेशन बाट नमुना विद्यालय,उत्कृष्ट विद्यालय व्यवस्थापन समिति,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षकहरुलाई सम्मान गरिएको हो।जस अन्तर्गत भवानीश्वरी आधारभुत विद्यालय जस्पुर गाउँपालिकाकै नमुना विद्यालयका रुपमा सम्मानित भएको छ।यस्तै उत्कृष्ट प्रधानाध्यापक को रुपमा गणेश माध्यमिक विद्यालय तिरामका प्रधानाध्यापक वलराम पुन र उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अन्तर्गत रामेश्वरी प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर पुन सम्मानित हुनु भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिनु भयो।साथै २०७९ को आधाभुत तह कक्षा-८मा विभिन्न विषयगत रुपमा उत्कृष्ठ नतिजा हासिल गर्ने शिक्षकहरुलाइ समेत सम्मान गरिएको छ।जस अनुसार नेपाली विषय अन्तर्गत नेपाल राष्ट्रिय आधारभुत विद्यालय थक्लेनीका शिक्षक तारा केसी,अङ्ग्रेजी विषय अन्तर्गत सुन्नानी माध्यमिक विद्यालय मर्काबाङ्का शिक्षक खड्क केसी र गणित विषय अन्तर्गत नेपाल रास्ट्रिय आधारभुत विद्यालय जुजेनेटाका शिक्षक विष्णु के.एम सम्मानित हुनु भएको छ।यस्तै सामाजिक विषय अन्तर्गत गणेश माध्यमिक विद्यालय तिराममा कार्यरत शिक्षक जिवनमाया के.एम र विज्ञान विषय अन्तर्गत भवानीश्वरी आधारभुत विद्यालय जस्पुरका निवर्तमान शिक्षक दिपक जिसी सम्मानित हुनु भएको छ।
साथै २०७९ को आधारभुत तह कक्षा-८मा उत्कृष्ट नतिजा ल्याउने माण्डवी माध्यमिक विद्यालय नयागाउँकी छात्रा मन्जिला कार्की पनि सम्मानित भएकी छन्।सम्मानित सवैलाई गाउँपालिकाले प्रमाणपत्र ,खादा र उचित पुरस्कार सहित सम्मान गरेको हो।गाउँपालिकाले प्रत्येक गाउँसभा मार्फत उत्कृष्ट विद्यालय,शिक्षक,कर्मचारी तथा विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *