सत्यवती गाउँपालिका गुल्मीको बजेट सर्वसहमतीमा पारित,सबै भन्दा धेरै रकम प्रशासकिय भवनलाई ,वडालाई गत बर्षको तुलनामा आधा बिनियोजन

चुरामणि  तिमिल्सिना असार १०गुल्मी

सत्यवती गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८० /०८१ को लागि ५५ करोड ४ लाख ९३ हजार ५ सय ३३ रुपियाँको बजेट ल्याएको छ । पालिका उपाध्यक्ष निरमाया तरामुले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा अघिल्लो आर्थिक वर्ष भन्दा यस वर्ष करका सबै शीर्षक हरुमा वृद्धि गरिएको छ । उपाध्यक्ष तरामुले आर्थिक विधेयक प्रस्तुत पछी सभामा छलफल गर्दै सभासदहरुले आर्थिक विधेयक माथी जिज्ञासा राख्नु भएको थियो । करको दायरा वृद्धि भएको अन्य ठाउँबाट बाट बसाईसराइ गरेर सत्यवती आउने लाई कर लिन नहुने उद्योग तथा ब्यवसायी लाई करमा वृद्धि गर्न नहुने साना पसल तथा केही गरेर जिबिका चलाउछु भन्ने लाई कर हैन पालिकाले प्रोत्साहन गर्नुपर्ने, हरेक कार्यक्रम लाई सुचना मुखी बनाउनु पर्ने, जस्ता विषयमा कार्यक्रम केन्द्रीत रहेको थियोे । यता पालिकाका अध्यक्ष टिकाराम पाण्डेले शिक्षा,स्वास्थ्य, खानेपानी, रोजगार युवालाई तालिम र उत्पादनशिल क्षेत्रमा लगाउन आफ्नो योजना पनि रहेकोले यसलाई आलोचना हैन सहयोगको भावना पैदा गरी आफ्नो टिम लाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *