रुरु क्षेत्र गाउँपालिका गुल्मीको बजेट सर्वसम्मत रुपमा सभा बाट पास

चुरामणि तिमिल्सिना  असार १३

क्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीको १४औं गाउँसभाको अधिबेशन  सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०८०/ ८१ लागि ५३ करोड ५४ लाख माथिको बजेट आज बसेको तेस्रो बैठकले  सर्वसम्मत रुपमा पास गरेको हो । सभामा अध्यक्ष यदु ज्ञवालीले आगामी दिनमा पालिकाले साना योजना र छुटेका योजनाहरु लाई समावेश गर्दै लैजाने र पुराना योजनाहरु लाई थप बजेट व्यवस्थापन गर्ने ,सरकारी बिद्यालयमा बाल बालिका पढाउने, बस्ती बिकास कार्यक्रम विभिन्न बिकास निर्माण का कार्यहरुमा साझेदारीका रुपमा सम्पन्न गरिने पर्यटन क्षेत्रमा थप बजेट खोज मुलक गरेर बढी मात्रमा पर्यटन भित्र्याउने सभामा प्रस्तुत गर्नुभयो।

 

यस्तै सभामा न्यायिक समितिका संयोजक पालिकाका उपाध्यक्ष मिना देवि गौतमले न्यायिक समितिले भए गरेका गतिविधि प्रस्तुत गर्नु भएको थियो। यस्तै सभामा लेखा समितिका संयोजक थर्क बहादुर कुवरले विभिन्न शीर्षक लाई ध्यानमा राख्दै लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको हो ।सभामा वडा.नं. ४ का वडा अध्यक्ष तथा सभाका सदस्य मोति प्रसाद श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको हो । सभामा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले सहजीकरण गर्नु भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *