श्रीराम गौतम
असार १५
चन्द्रकोट गाउपालिका वडा.नं. १ दिब्रुङ्ग सराङ्ग मा अवस्थित श्री शारदा माध्यमिक बिद्यालयमा शुक्रवार सरिय कार्यक्रम अन्तर्गत आज बृक्षारोपण तथा फुलबारी निर्माण कार्यक्रम सम्पन्न गरिएको छ । बिद्यालयमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना र शारदा मा.वि को संयोजकत्वमा संचालित कार्यक्रममा पिपल, धुपी, तुलसी लगायतका विरुवाको साथै उक्त वातावरण अनुकुलका विभिन्न फुलहरु रोपिएको हो।
। शैक्षिक सत्र २०८० लाई बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि बर्षको रुपमा घोषणा गरिएको र सोको अक्षरस पालना गरि साच्चिकै शैक्षिक गुणस्तर बृद्दी गर्नका लागि बिद्यालयको दैनीक अध्यन अध्यापन मात्रै नभएर विभिन्न अतिरिक्त क्रियाकलाप र वरपरको बातावरणले पनि प्रत्यक्ष प्रभाव पार्ने हुदा बिद्यालयले प्रत्येक शुक्रबार विविध अतिरिक्त क्रियाकलाप सन्चालन गर्दै आएको बिद्यालयका प्र.अ. राम प्रसाद शर्मा अर्यालले जानकारी दिनुभएको छ।
उहाले थप्दै भन्नुभयो उक्त बिद्यालयमा शैक्षिकसत्र २०७३ देखि नै बिद्यार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्नका लागि शारदा गायन, नृत्य, साहित्य र खेल ताराहरु छनोटका लागि प्रत्येक बिधाबाट प्रत्येक शुक्रबार बिबिध कार्यक्रमहरु सन्चालन गर्दै आएकोले अतिरिक्त क्रियाकलाप यो बिद्यालयको लागि पहिलो प्रयास नभएको र बिद्यालयका शिक्षकहरुको अथक मेहनत र बिद्यार्थीको लगाव साथै समिती र अभिभावकको बिशेष सहयोगले गर्दा विभिन्न समयमा पालिका स्तरिय र जिल्ला स्तरिय प्रतिस्पर्धात्मक कार्यक्रम र बार्षिक परिक्षाहरुमा बिद्यालयले उत्कृष्ट स्थान प्राप्त गर्दै आइराखेको रुरु सन्चार खबरलाइ जानकारी दिनुभएको छ ।