कविराज भुसाल असार १५
सत्यवती गाउपालिकाले असार १५ लाई कृषकहरुको महान पर्वको रुपमा मनाएको छ ।
फोटोसेसनका लागि सुकिला लुगा लगाएर हिलाम्मे खेतमा जाने जनप्रतिनिधिलाई चुनौती दिदै सत्यवतिमा उत्पादन भएको कृषीउपज सामान बुटवलमाबस्ने सत्यवती बासिले सहजै उपयोग गर्न सकुन र सत्यवतीका कृषकको उत्पादन बस्तु सहजै बिक्री होस भन्ने उदेश्यले बुटवलमा आज बिक्री केन्द्रको गाउपालिकाले शुभारम्भ गरेको हो ।
फेसनमा असार बितिरहेको बेला, मानो रोपि मुरि उब्जाउने समयको स्मरण गर्दै उब्जाएको बस्तुलाई बजारिकरणको लागि गाउपालिकाले प्राथमिक्तामा राखेको छ ।
बजारीकरण लुहुम्पेकि कृषी बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा संचालित “सत्यवतीमा उत्पादित स्थानिय कृषी उपज बिक्रि केन्द्रको” बुटवल उपज थोक बजार,बुटवल -६ सब्जीमण्डीमा रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश साम्सद चिन्तामणी पाण्डेय, यमु गैरे लगायतले नेपालमै केही गर्ने युवाहरुको लागि हातेमालो गरेकोमा धन्यवाद ब्यक्त गर्दै निरन्तरता र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
साम्सद गैरे र पाण्डेयले सुझाव दिदै प्रदेशको तर्फबाट आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
कृषकले उत्पादन गर्ने तर उचित मूल्य नपाउने समस्याको समाधान गर्नको लागी सत्यवती गाउपालिकाले यो कदम चालेको र आवस्यक सम्पुर्ण कार्यगर्ने गाउपालिका अध्यक्ष टिकाराम पान्डेयले बताउनुभयो ।
अध्यक्ष पाण्डेयले उत्पादन हुने तरकारी “अर्गानिक तरकारी सेन्टरको रुपमा बिकास गर्दै जाने कुरामा जोड दिनुभयो ।
सत्यवतीमा उत्पादन भएको कृषि सामाग्रीको बिक्रि नभएर फ्याँक्नु पर्न्न समस्या अन्त्य हुने कृषि शाखा प्रमुख उपकार भन्डारीले बताउनुभएको छ । यस्तै कार्यक्रममा उपाध्यक्ष निरमाया तरामु वडाका जन प्रतिनिधि पत्रकार बौद्धिक ब्यक्तित्वहरु तथा कृषहरुको सहभागीता रहेको थियो।