रुरु क्षेत्र गाउँपालिका वडा न ४ मा ३ दिने सचेतना कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना  असार  १६

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ बलेटक्सारमा ३ दिने महिला तथा दलित लक्षित सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ४ को आयोजनामा कार्यक्रम गरिएको हो । ३९ जनाको सहभागीता रहेको तालिममा युवराज बस्याल, इस्वरी बस्याल, दुर्गा घायल , यस्तै लेखा तर्फ सुकदेव ज्ञवाली र स्वस्थ्य सम्बन्धि जनार्दन बिस्ट ले प्रशिक्षण गर्नुभएको थियो ।
गाउँका कुना काप्चामा रहेका तथा पिछडिएका दलित हरु लाई समाजमा जुटेर आफ्ना भनाइ राख्न सामाजिक संघ संस्थाको हिसाब राख्ने तरिका , यस्तै महिलाले लुकाएर राख्ने र परिवारलाई आफूलाई लागेको रोगका बारेमा बताउन पनि तालिममा सहजिकरण गरिएको थियो। वडा नं. ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठको अध्यक्षमा सन्चालित कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथी रहनु भएको थियो। प्रमुख अतिथि अध्यक्ष ज्ञवालीले तालिम लाई व्यबहारमा ल्याइ समाज लाई शिक्षित बनाउदै तालिममा सिकेका विषय लाई अन्य सदस्यहरु सामु पनि पहिचान गराउन सकेमा मात्र तालिमको औचित्य हुने बताउनु भयो । समापन सत्रमा वडाका जनप्रतिनिधिको आतित्यथा रहेको थियो। तालिममा सहभागी सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *