रमेश पन्थी असार २०धुर्कोट गाउँपलिकामा वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष सीता गिरिले जनताका सवै खालका अपेक्षा पुरा गर्ने गरी कार्यपालिकाले काम गरीरहेको जानकारी दिए । जनताबाट आएका गुनासाहरु सम्बोधन गर्नु आफ्नो कर्तब्य रहेको उल्लेख गर्दै गाउँपलिकाका सवै विकास योजनाहरुमा पारदर्शीता हुनुपर्ने धारणा राखे ।
उहाले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै आफूले पालिकाबाट मात्र नभई संघ र प्रदेश सरकारसंग समेत समन्वय गरी धुर्कोटमा योजनाहरु भित्राउनका लागि पहल गरीरहेको बताउनु भयो यस्तै उपाध्यक्ष सीता गिरि पालिकाले न्यायीक, महिला, बालबालिकाको क्षेत्रमा पलिकाले गरेको कामको बारे जानकारी दिएकी छ्न्।
त्यस्तै ७ वडा अध्यक्ष लिला खनाल वडा सचिव सुवास पन्थीले वडा भित्र उठेका प्रश्नको जबाफ दिएका थिए।
वडा कार्यालयले आर्थिक बर्ष २०७९/८० मा सञ्चालीत योजनाहरुको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो ।
सार्वजनिक सुनु्वाई कार्यक्रमका सहभागीहरु वडा कार्यालयबाट प्राप्त हुने सेवा तथा सुविधाहरुको सन्तुष्टि, वडामा सञ्चालित विकास योजनाहरुको अनुगमन तथा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका विषयमा प्रश्नहरु सोधेका थिए ।