चुरामनि तिमिल्सिना असार २२
गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र वडा नं १ रिडीको व्यवस्थापनमा तालिम आयोजना गरिएको हो । कार्यपालिका सदस्य लक्ष्मी भट्टराई को अध्यक्षमा सन्चालित तालिममा वडा नं १ का वडा अध्यक्ष नवराज बि.क. प्रमुख अतिथी रहनुभएको थियो । यस्तै घरेलुु तथा साना उद्योग कार्यालय तम्घासका प्रशिक्षक त्रिबिक्रम ज्ञवाली विशिष्ट अतिथी रहनुभएको थियो ।इ
गाउँघरमा अत्यधिक रुपमा जङगली जनावर बादर, राते, मृग, दुम्सी, कालिजले बाली लगाउदा लगाउदै माटोबाट नै निकाल्ने मकै हुनसाथ मकै नै भाचिदिने जस्ता क्रियाकलापले आफुहरु निकै नै हैरानीमा परेकोले घरेलु कार्यलयलाई यो तालिम उक्त क्षेत्रमा ल्याउन आग्रह गरेको वडा सदस्य सुशीलश्रेष्ठले बताउनु भयो । अब यो तालिम पछी यस भट्कुवा क्षेत्रमा बैकल्पिक बालिको रुपमा अदुवा बेसारलाई प्रशोधन गरेर सानै भएपनि उद्योग संचालन गरि लेभलिङ गरेर बजार सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष नवराज बिकले बताउनुभयो । यस क्षेत्रमा धेरै किसिमका नगदे बालीको सम्भावना भएता पनि अहिले सम्म कुनै पनि उद्योग सन्चालन नभएकोले यो तालिम पश्चात् सबैको सहयोगमा उद्योग नै सन्चालन गर्ने वडाको लक्ष्य समेत रहेको बताउनु भयो । गाउँ घरमा प्रसस्त मात्रामा कच्चा पदार्थ पाइने र यसलाई प्रशोधन गरेर बजारमा पुर्याउन सकेमात्र पनि किसानको जीवन स्तरमा वृद्धि हुने र राम्रो आम्दानीको श्रोत हुने कुरामा आफु ढुक्क रहेको तालिमका प्रशिक्षक त्रिबिक्रम ज्ञवालीले बताउनु भयो ।
तालिममा महिला समुह स्थानीय बौद्धिक महानुभावहरु समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सन्चालन वडा सदस्य सुशील श्रेष्ठले गर्नु भएको थियो भने तालिम आइतबार सम्म चल्ने छ ।