वैदेशिक रोजगारीबाट फर्केका खैरेनिका भण्डारी दुग्ध व्यवसायमा रमाउदै

चुरामणि तिमिल्सिना  असार   २४

दैनिक रुपमा नेपाली युवाहरू बिदेश पलायन भैरहेको अहिलेको अवस्थामा अर्काको जमिनमा रगत र पसिना बगाउनु भन्दा परिवारको साथमा बसि आफ्नै माटोमा दु:ख गर्नुपर्छ भन्दै वैदेशिक रोजगारलाई चट्क्कै छोडेर नेपाल फर्किनु भएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं ६ खैरेनिका युवा उद्यमि गोकर्ण भण्डारीले गाउँघरमा हुने साना साना कामहरु , कृषि जस्ता क्षेत्र बाट अगाडी बढी पछिल्लो समयमा चर्चामा आउनुभएको छ ।

भण्डारी सामान्य परिवारमा जन्मेका हुन उनका परिवरमा अहिले बुवा, आमा, श्रीमति, २ छोरी र १ छोरा रहेका छन । भण्डारीले बिहान ५ बजे देखि साझ ८ सम्म आफ्नै डेरिमा काम गर्दै दिनचर्या बिताइराख्नु भएको छ । गोकर्णलाइ डेरि संचालनको लागि प्रदेश सरकारले केही आर्थिक सहयोग समेत प्रदान गरेको छ । तर त्यो रकमले सामाग्री खरिद गर्न नपुगेको सो अनुसारको दूधजन्य बस्तुहरुको उत्पादन गर्न नसकीएको उनकी धर्मपत्नी लक्ष्मी भण्डारीले बताउनु भयो। गोकर्णले यसै दूध ब्यवसाय बाट घरपरिवारको पालन पोषण गर्नुका साथै दुई छोरी र १ छोरालाई उच्च शिक्षा समेत पढाइरहनु भएको छ । दैनिक झन्डै ३५० लिटर दुध आफुले मोटर साइकल बाटै डेरिमा जम्मा गर्ने र त्यसको ५० प्रतिशत रिडीमा रहेको गौरव डेरि लाई पठाउदै आएको बताउनु भयो । अहिले आफुले दुई जनालाई नियमित रोजगार पनि प्रदान गर्दै आएको बताउनुभयो ।

डेरिमा दुध, दहि, घ्यु, पनिर, कुराउनी तथा दूध जन्य सम्पुर्ण पदार्थहरु दैनिक बिक्रि गर्दै आएको र बाबा आमाको कामलाई समेत समय मिलाएर सहयोग गर्दै आएको छोरी मनिसा भण्डारीले बताउनु भयो । मनिसाले थप्दै भन्नुभयो कि वैदेशिक रोजगारमा जाने युवा युवती लाई गाउँपालिकाले नेपालमै केही गर्न उत्प्रेरणा गर्ने र ब्यवसाय गर्न आर्थिक सहयोग गर्ने हो भने नेपालीहरु आफ्नै माटोमा केहि गरेर समाज लाई परिवर्तन गर्न सक्ने थिए ।

भण्डारीलाई पालिका र प्रदेश सरकारले अब के गरिदिए हुनेथियो ? भनेर जिज्ञासा राख्दा कुराउनी बनाउने उपकरण थप दुध जम्मा गर्ने फ्रीज तथा अन्य मोटरहरु उपलब्ध गराउन सकेमा आफ्नो ब्यवसाय अझ फस्टाउने र आफुहरुसङ्ग भएको सामाग्री नबिग्रने बताउनु भयो

भण्डारी जस्ता केही युवाहरु डेरि सन्चालन गर्न जोस जागर भरेर पस्नु भएको थियो । तर झबिन्द्र भण्डारी, जीवन ज्ञवाली, श्रीप्रसाद भण्डारीले विभिन्न कारणबस डेरि बाट बिदा लिनु भयो अनि आफू बिदेश छोडेर डेरिमा काम गर्दै रमाउदै केही आर्थिक जोडेको बताउनु भयो। उनलाई केही दिन अगाडी पालिकाले किसानको दूध लाइ व्यवस्थापन, निस्वार्थ सेवा डेरि लाई निरन्तरता दिएकोले सम्मान समेत गरेको हो ।

यहाँ प्राय: गरि लिम्घा, खैरेनी, हसरा, पिपल नेटा र ढाव बाट दुध संकलन हुने र डेरि बाट फुट्कर बितरण पनि हुने हुँदा अहिले सम्म आफू सफल हुँदै आएको बताउदै अबका दिनमा वैदेशिक रोजगारमा आफू नजाने परिवारका सदस्यहरु पनि नजाने प्रण गर्नु भएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *