चुरामणि तिमिल्सिना असार २७। गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं. ४ मा बलेट्क्सार रिङरोड कालेपत्रे को एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धन बहादुर मास्किले शिला अनावरण तथा सडकमा विधिवत रुपमा पुजा गरेर शिलान्यास गर्नु भएको हो ।
असार २२ गते राजेस्वरी कन्ट्रक्सन प्रा.लि. का संचालक भागबत गिरीले ८ करोड १७ लाख ५२ हजार ६ सय ६६ रुपियाँ मन्त्रालय सङ्ग सम्झौता गरेको हो । बलेटक्सारमा आयोजना भएको कार्यक्रममा सडक पुर्वधार बिकास कार्यालय तम्घास गुल्मीका कार्यालय प्रमुख सचितानन्द चौधरीको अध्यक्षता रहेको थियो । यस्तै समारोहमा लुम्बिनी प्रदेश सरकारका अर्थ मामिला मन्त्री धन बहादुर मास्किको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बराल, गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिना देवि गौतम विशिष्ट अतिथी रहनु भएको थियो । पालिका उपाध्यक्ष मिना देवि गौतमले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री मास्किले रुरु क्षेत्र गाउँपालिकाका विभिन्न अपुरा योजनाहरु तथा अन्य बन्ने भौतिक पुर्वधार लाई कुनै तह बाट पनि बजेटको कमि हुन नदिने र यस आर्थिक वर्ष भित्रमा आफ्नो सरकारले गर्ने विभिन्न योजनाहरु देखिने गरि सम्पन्न गर्न बजेटको व्यवस्थापन गरिने बताउनु भयो । उहाँले यो क्षेत्र धार्मिक क्षेत्र भएकोले पर्यटनलाई केन्द्र बिन्दु बनाइ पर्यटक अडाउने संरचना पनि आवस्यक रहेकोले यो पनि गुरुयोजना बाट अगाडी बढाइने प्रतिबद्धता जायर गर्नु भयो ।
यस्तै विशिष्ट अतिथि पुर्वमन्त्री बरालले हरेक क्षेत्रको बिकास गर्न सबै राजनैनिक दलहरु संगठित हुनुपर्ने र शिक्षकहरुले राजनिती नगरि बिद्यालयमा नै पुग्नु पर्ने पर्यटनका कार्यक्रमको सूचना प्रवाहको साथमा पुर्वधार निर्माण आकर्षक ताल निर्माण पनि आवस्यक रहेको बताउदै सडक सन्जाल जोडिदा आम नागरिकको जीवन स्तरमा सुधार पनि आउने बताउदै परिकल्पना कार पुर्व मुख्य सचिव लीलामणि पौडेल लाई आभार व्यक्त गर्नुभयो ।
यस्तै पालिका अध्यक्ष यदु ज्ञवालीले यो योजना लामो समय सम्म यतिकै रहेकाले अब पूरा हुदै गर्दा यस पालिका बासिमा खुशीयाली छाएको र भनेकै समयमा निर्माण व्यवसायी लाई काम गर्न पालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जायर गर्नुभयो ।
यस्तै निर्माण व्यवसायी भागबत गिरिले आफुले निर्माण गरेका हरेक योजनाहरु तोकिएको समय भन्दा अगाबै बुझाउदै आएको र यो पनि बजेटको अभाव नभए तोकिएको समयमा बुझाउन आफुलाइ कुनै प्रकारको समस्या नहुने र काममा गुणस्तरमा कुनै पनि सम्झौतानगरी सरकार सङ्ग भएको सम्झौता अनुसारको कार्य सम्पादन गर्ने प्रतिबद्धता जायर गर्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, शैक्षिक अभियानता, बौद्धिक ब्यक्ति र उपभोक्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।