नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त

नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त
असार-२८,२०८०
गुल्मी ।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्म पत्नि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सीता दाहालको निधन प्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । आज पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गदै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस भनि कामना गरिएको थियो।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीका इन्चार्ज वीरबहादुर कार्कीले पार्टीका सल्लाहकार सीता दाहालको निधनले पार्टीमा एक असल अभिभावक गुमाउनु परेको बताउनु भयो । उहाँले सीता दहाल पार्टीभित्र एक असल अभिभावक भएको चर्चा गदै उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गर्नुभयो । दाहाल सरल ब्यक्तित्व र पार्टीलाई एकताबद्ध गर्नमा उहाँको ठूलो भूमिका रहेको बताउनु भयो ।
जिल्ला सचिव अशोक थापाले सीता दाहाल पार्टीको असल अभिभावक र योजनाकार भएको चर्चा गर्दै उहाँको निधनले पार्टी स्तब्ध भएको बताउनु भएको छ ।
यस्तै श्रद्धाञ्जली कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उहाँ एउटा महान नारी भएको बताउनु भयो। उहाँले पार्टीमा खेलेको भूमिका अतुल्निय रहेको उहाँको भनाई थियो ।यस्तै श्रद्धाञ्जली कार्यक्रममा अनेम संघ क्रान्तिकारी गुल्मका संयोजक गिता थापाले पार्टीले एक कुसल नेतृ गुमाएकोमा दुःख व्यक्त गर्नु भयो।, जिल्ला स्थित जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पार्टीका जिल्ला सचिव असोक थापाको अध्यक्ष र जिल्ला ईन्चार्ज वीर बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको तस्विरमा फुलमाला अबिर अर्पण गरिएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *