रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान
असार-२९,२०८०
गुल्मी।
चुरामणि तिमिल्सिना
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले एक कार्यक्रमका बिच उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।आज गाउँपालिका सभाहल बलेटक्सारमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता सँगै प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल, वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक शेषनारायण पौडेल ,वडा नं.४ का अध्यक्ष मोति प्रसाद श्रेष्ठ,वडा नं. ६ का अध्यक्ष रोमनाथ पौडेलको आतिथ्यता रहेको थियो।यस्तै सम्मान कार्यक्रममा शिक्षा समितिका पदाधीकारीहरु जनप्रतिनिधिहरु
,कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियोे ।
प्रधानाध्यापक र समपालिकाको आर्थिक सहयोग र शिक्षा शाखाको समन्वयमा कार्यक्रम गरिएको हो। कार्यक्रममा कक्षा ५ र कक्षा ८ मा औसतमा सबै भदा अङ्क ल्याउने बिद्यार्थीहरु सम्मानित भएका छन्। यस्तै गणित ,नेपाली, अङ्ग्रेजी, सामाजिक ,बिज्ञान विषयमा राम्रो नतिजा ल्याउन योग्दान दिनु हुने शिक्षक तथा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार सहित दोसल्ला ओडाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष ज्ञवालीले समग्र रुपमा बिद्यालयलो नतिजा लाई सुधार्न बिद्यार्थी शिक्षक र अभिभावक निकै खटिनु पर्ने ,समयमा अनुसार पालिकाले अनुगमन लाई वृद्धि गर्ने ,पढाउने शिक्षक ले राजनिती नगरि शिक्षण सस्था पुग्नु पर्ने , हरेक बिद्यालय लाई आवस्यक सम्पुर्ण सहयोग उपल्ब्ध गराउने , हरेक बिद्यालय लाई प्रविधिमय बनाउन पनि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।यस्तै अध्यक्ष ज्ञवालीले ग्रामिण भेगमा सञ्चालन भएका निजि विद्यालयहरुले पनि जिल्लामा उत्कृष्ट नतिजा ल्याउदा कतै आफ्ना सामुदायिक विद्यालयको नतिजा खस्केको त होईन भने भनाइ समेत राख्नु भयो
। यस्तै कार्यक्रम कै अवसरमा विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपल्ब्धी सुधारका लागि विद्यालयका प्रधानाध्यापक र रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली बिच कार्य सम्पदान सम्झौता २०८० समेत गरिएको छ ।यता कम्प्युटर र प्रीन्टर नभएका विद्यालयहरुलाई आजै ती सामग्रीहरु सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिएको छ।सम्मान कार्यक्रममा शिक्षा शाखा प्रमुख झविलाल बिकले कार्यक्रम माथि प्रकाश पार्दै कार्यसम्पदानका विषयमा प्रष्ट पार्नु भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राबिधिक तेज बहादुर कुमालले गर्नु भएको थियो।
रुरु क्षेत्र गाउँपालिकाले शैक्षिक सत्र २०७८ सालको S.E.E. मा रुरुक्षेत्र गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयबाट ३.६० G.P.A. भन्दा माथि G.P.A. प्राप्त गर्ने विद्यार्थीहरु अन्तर्गत रेन्बो ईङ्लिल बोर्डिङ स्कुलबाट ६ जना विद्यार्थीहरु सम्मानित भएको प्रिन्सिपल योजन खत्रीले बताउनु भयो। साथै,यस विद्यालयबाट शैक्षिक सत्र २०७९ मा गाउँपालिकाले सञ्चालन गरेको कक्षा ५ को वार्षिक परीक्षामा गाउँपालिका प्रथम हुन सफल सन्देश ज्ञवाली र दोस्रो हुन सफल सन्ध्या गौतम समेत सम्मानित भएका छन्। सम्मानित विद्यार्थीहरुलाई गाउँपालिकाले खादा ,प्रमाणपत्र र उचित नगद पुरस्कार सहित सम्मान गरेको हो।
सम्मानित विद्यार्थीहरुलाई बधाई तथा सफल उच्च शिक्षाको शुभकामना तथा सम्मान कार्यक्रमको लागि बोर्डिङ स्कुलले रुरुक्षेत्र गाउँपालिका प्रति विषेश आभार व्यक्त गरेको छ।