गुल्मी जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गुल्मी

गुल्मी जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा
गुल्मी
२०८० असार २९ शुक्रबार
गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिब डाक्टर विनोदकुमार गिरीले पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गर्नु भएको हो।
जिल्लाका १२ वटै स्थानीय तहले पूर्ण खोप दिगोपना सुनिश्चतताको मापदण्ड पूरा गरे पछि गिरीले पूर्ण खोप दिगोपना सुनिश्चतता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीलाई प्रदान गर्नु भएको थियोे ।
जिल्लामा १५ महिना सम्मका बालबालिकाहरुले मापदण्ड अनुसार लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गरिने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनु भयो। गुल्मी जिल्लालाई ३० चैत ०७१ मा नेपालमै सातौ जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको आचार्यको भनाइ छ।
पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिब डाक्टर विनोद कुमार गिरीले राष्ट्रिय अभियान पुरा गर्न वडा, पालिकादेखि जिल्ला सम्म खटिने सबैलाई बधाई ज्ञापन गर्नु भयो। उहाँले घोषणा सँगै निरन्तरताको चुनौती पनि सँग सँगै रहने भएकाले थप सक्रियताको लागि आग्रह गर्नु भयो। गुल्मी जिल्लामा १५ महिना भित्रका बच्चाहरुको संख्या चार हजार सातजना बच्चाले पूर्ण खोप प्राप्त गरेका छन्। १६ देखि २४ महिनासम्मका दुई हजार छ सय १४ जना रहेकोमा चार जना आंशिक रुपमा खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिनु भयो। क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखला, पोलियो, स्टेपटोकोकस निमोनियाँ, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुबेला, जापनिज इन्सेफ्लाइटिस र टाइफाइड बिरुद्धका १३ रोगका खोपहरु बालबालिकालाई प्रदान गर्ने गरिएको अर्यालले बताउनु भयो। जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक द्रोर्णबहादुर खत्रीले हरेक क्षेत्रको लक्ष्य अनुसार प्रगति हासिल गर्न सर्वपक्षिय सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गर्नु भयो। हरेक पालिका स्तरबाट स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु समयमै पुरा गर्ने र कार्यान्वयनमा सक्रियता आवश्यक रहेको खत्रीले बताउनु भयो।
कार्यक्रममा जिल्लाका विभिन्न पालिका, संघ संस्था र निकायहरुका प्रमुख तथा प्रतिनिधीहरुले आफ्नो भनाई राखेका थिए। जिल्लामा तीन सय ३२ वटा खोपकेन्द्र रहेका छन्। भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन्।
स्वास्थ्य कार्यालयले पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरेको छ। प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, प्रतिवेदनको समिक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गर्ने गरेको छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *