सत्यवतीमा १३ औं गाउसभाको दोस्रो बैठक सुरु

चुरामणी तिमिल्सिना   असार   ३१

सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोस्रो बैठक गाउँपालिकाको सभाहलमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकारम पाण्डेले बैठकका कार्य सुची बाचन गर्नु भएको हो l बैठकमा विभिन्न समितिले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरिने आर्थिक वर्षमा गरेका कार्यहरु , शिक्षा, स्वास्थ, कृषि, पर्यटन, सडक जस्ता काममा सफलता प्राप्त भएको।

यो समाचार तयार गर्दा सम्म वडा २ का वडा अध्यक्ष तथा आर्थिक बिकास समितीका संयोजक खड्ग वीर थापाले आर्थिक बिकास समितीको प्रतिबेदन सभामा पेस गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष निर माया तरामु यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, सभाका सदस्यहरु, वडाका कर्मचारी, पालिकका कर्मचारीको सहभागिता रहेको छ । अब यस पछी भौतिक पुर्वधार बिकासको प्रतिबेदन प्रस्तुत हुने छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 670

Leave a Reply

Your email address will not be published. Required fields are marked *