चुरामणि तिमिल्सिना असार ३१
सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोस्रो बैठक गाउँपालिकाको सभाहलमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकारम पाण्डेले बैठकका कार्य सुची बाचन गर्नु भएको हो l बैठकमा विभिन्न समितिले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरिने आर्थिक वर्षमा गरेका कार्यहरु , शिक्षा, स्वास्थ, कृषि, पर्यटन, सडक जस्ता काममा सफलता प्राप्त भएको । यो समाचार तयार गर्दा सम्म वडा २ का वडा अध्यक्ष तथा आर्थिक बिकास समितीका संयोजक खड्ग वीर थापाले आर्थिक बिकास समितीको प्रतिबेदन सभामा पेस गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष निर माया तरामु यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, सभाका सदस्यहरु, वडाका कर्मचारी, पालिकका कर्मचारीको सहभागिता रहेको छ ।
सभामा भौतिक पुर्वधार बिकासको प्रतिबेदन प्रस्तुत गर्दै संयोजक पिताम्बर ज्ञवालीले सिसि क्यामरा जडान गरिएको, विभिन्न सडकहरु सुधार गरिएको, स्वास्थ्यमा परिवर्तन ल्याइएको थोरै भएपनि सडक कालोपत्रे गरिएको , एक घर एक धारा कार्यक्रमलाई निरन्तरता प्रदान गरिएको, जस्ता महत्त्वपूर्ण कार्यहरु गरिएको सभामा प्रस्तुत गर्नु भयो l यस्तै बाताबरण तथा बिपत सम्बन्धि गरेका कामको प्रगति प्रतिबेदन संयोजक वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामु मगरले सभामा प्रस्तुत गर्नुभएको हो ।
यस्तै सभामा पालिकाका उपाध्यक्ष तथा न्यायिक समितीका संयोजक निरमाया तरामुले १ आर्थिक वर्ष भित्र न्यायिक समितीले गरेका प्रगति मुद्दाका विषयमा सभामा प्रस्तुत गर्नु भएको छ । उपाध्यक्ष तरामुले नाबालक, श्रीमान श्रीमती घरेलु हिम्सा सामान्य झैझगडा आर्थिक करोबार , पालन पोषण , रुख काटिका जग्गा सम्बन्धि , मुद्दाहरु पालिकामा दर्ता गरेका र आफ्नो टिमले न्याय प्रदान गरेको बताउनु भयो। उहाँले आगामी दिनहरुमा यश सत्यवती पालिका भित्र उजुरी उपर गुनासो सुनुवाइ शुन्यमा ल्याइने लक्ष्य समेत बताउनु भयो।
उहाँले आर्थिक वर्ष २०७९/ ८० राजस्व परामर्श समितीको तर्फबाट १ वर्ष भित्र गरेका कामको जानकारी समेत गराउनु भयो। यो समाचार तयार पार्दा सम्म अहिले वडा न ६ का वडा अध्यक्ष युवराज न्यौपानेले बिधान समितिको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको छ ।