सत्यवतीमा नमुना कार्यको सुरुवात हुँदै आगामी वर्षका सबै टेन्डर असोज भित्र सक्ने अध्यक्ष पाण्डेको भनाइ

चुरामणि  तिमिल्सिना  असार   ३१

गुल्मीको सत्यवती गाउँपालिकामा १३ औ गाउँसभाको दोस्रो बैठक पालिकाको सभाहलमा चलिरहेको छ । यो समाचार तयार गर्दा सम्म पालिकाकाले गर्ने कामका विभिन्न शीर्षकमा विभिन्न समितिका संयोजकले प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सभामा आगामी का लागि सुझाव समेत प्रकट गर्नु भएको थियो ।

सभामा सदस्यहरुले राखेका जिज्ञासाको जवाफ गाउँसभाका अध्यक्ष टिकाराम पाण्डेले दिनु भएको हो । सभामा अध्यक्ष पाण्डेले आगामी वर्षदेखि हरेक तालिम लाई जेष्ठ महिना भित्र नै सक्ने , पालिकाका सबै टेन्डर असोज महिना भित्र नै गर्ने , तालिम लाई उपलब्धी मुलक बनाइने , हरेक योजना हरु लाई जेष्ठ महिना भित्र नै सक्न उपभोक्ता लाई निर्देश न गर्ने बताउनु भयो । उहाँले अहिले यस पालिकाको जम्मा ८५ लाख फ्रीज भएको , समयमा काम नगरी अन्तिममा आएर भुक्तानी लिन आउँदा सिस्टमको समस्या भएको र बजारमा आएको बजेटको विषय हल्ला मात्र भएको र त्यसको पछाडी नलाग्न आग्रह गर्न समेत गर्नुभयो। उहाले सभामा बेरुजुका विषयमा यस वर्ष धेरै रकम घटाउन सक्ने आफ्नो टिम लागि परेको र आगामी देखि बेरुजु कम गर्न योजना बद्द रुपमा लाग्ने बताउनुभयो । अब सभामा आर्थिक वर्ष २०८० /८० को बजेट पालिकाका उपाध्यक्ष निरमाया तरामुले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 927

Leave a Reply

Your email address will not be published. Required fields are marked *