चुरामणि तिमिल्सिना असार ३१
सत्यवती गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८०/८१ को लागि ५५ करोड ४ लाख ९३ हजार ५ सय ३३ रुपियाँको बजेट सभाले सर्वसम्बत रुपमा पास गरेको छ । सभामा पालिका उपाध्यक्ष निरमाया तरामुले बजेट प्रस्तुत गर्नु भएको थियो । बजेटमा गरु पाल्ने किसान लाई प्रोत्साहन स्वरुप रु. पाँच हजार प्रदान गर्ने , गोठालाका लागि एक वर्षका लागि निशुल्क बिमा गर्ने , उत्कृष्ट कृषक लाई सम्मान , छात्रावृत्ति कार्यक्रम चिया खेती प्रबर्द्धन, पर्यटन पुर्वधार पालिका भवन , विभिन्न प्रोत्साहन कार्यक्रम लाई केन्द्रबिन्दु बनाइ बजेट बिनियोजन गरिएको सभाका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भयो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल , सभाका सदस्यहरु लगायतको आतिथ्यता रहेको सभामा विभिन्न समितिका संयोजकले वर्षभरी गरेका कामको समिक्षा गर्दै बुदागत रुपमा सुझाव समेत प्रस्तुत गरिएको थियो । सभामा यस वर्ष झन्डै ४ करोड बेरुजु घट्ने र बाकी ११ करोड पनि क्रमैसङ्ग घटाउदै लैजाने र यस्तै हरेक काम लाई योजना सम्झौता गरि समयमै सम्पन्न गर्ने प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले सभामा प्रस्तुत गर्नु भएको हो ।