तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा पुन:स्थापना गरिने

तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा पुन:स्थापना गरिने
असार-३१,२०८०
गुल्मी।
गुल्मीको सदरमुकाम तम्घासमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालको शाखा कार्यालय पुन: स्थापना गर्ने सम्झौंता भएको छ।योसँगै अब देखि जिल्लाको रुरु क्षेत्र गाँउपालिकाको बलेटक्सार, छत्रकोट गाँउपालिकाको दौंघा, मदाने गाँउपालिकाको बाँझकटेरी र मालिका गाँउपालिकाको अर्खाबाङ्गमा डिपो स्थापना गरी आम गुल्मी बासि जनतालाई सहज र शुलभ तरिकाले खाद्य सामाग्रीको आपुर्ति हुनेछ । साथै जिल्लामा उत्पादित रैथाने बाली लगायतका कृषिजन्य बस्तुको बजारीकरणको सुनिश्चितताका लागि कम्पनीको तम्घास शाखा लगायत माथी उल्लेखित जिल्लाका सबै डिपोहरुबाट व्यवस्थापन हुने गरि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरि प्रकृया अगाडी बढाईएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिनु भयो।
अबको समय उत्पादन र उद्यमशिलताको भएको नगर प्रमुख पन्थीको भनाइ छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *