बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
श्रावण १, २०८०
बैतडी,साउन १ गते । बैतडीको सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दशरथचन्द नगरपालिका –६, सनकट्यामा सोमबार बेलुकी दुर्घटनामा परेको ट्याक्टर सनट्या भिरमा खस्दा चालक सुलेन चौधरीको मृत्यु भएको हो ।
सोमाबर अपरान्ह दशरथचन्द नगरपालिका–२, देहिमाण्डौंबाट निर्माण सामग्री बोकेर दशरथचन्द नगरपालिका–६ तर्फ जाँदै गरेको सुप प्र ०१००–२ प ६३८९ को ट्याक्टर बेलुकी ६ः ४५ बजे दुर्घटना हुँदा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताउनुभयो ।
ट्याक्टर सनकट्या भिरबाट करि तीन सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली खटिएको छ ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 868

Leave a Reply

Your email address will not be published. Required fields are marked *