जंगली च्याउ खादा एक जनाको ज्यान गयो 

जंगली  च्याउ खादा एक जनाको ज्यान गयो

रोल्पामा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो ।

उनको हिजो मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीय बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीय दिलमाया विक, ६ वर्षीय आकृति विक र २३ वर्षीय ऋतु विक बिरामी भएका थिए ।

बिरामी भएपछि उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी हस्पिटल बुटवल रिफर गरिएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *