रातो प्लेटलाइ कडाइ गर्दै गुल्मीका ट्राफिक प्रहरी

चुरामणि तिमिल्सिना साउन ३

गुल्मीमा चल्ने रातो पिलेटलाई कडाइ साथ चेक जाच गरिएको छ । बुधबार  बिहान रिडी बसपार्कमा अस्थायी ट्राफिक प्रहरी पोष्टले हरेक राता पिलेट लाई सम्झाइ बुझाइ गर्दै पहिलो चरणमा सामान्य जरिवाना गरि मात्र पठाइएको वरिष्ठ ट्राफिक हवल्दार नन्द बहादुर शाहीले जानकारी दिनु भयो । केहि दिन अगाडी ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीले संयुक्त रुपमा जनचेतना संगै सडक दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेर जनचेतना फैलाइयको थियो ।

जानकारी हुँदा हुँदै पनि सवारी धनीले नियम बिपरित यात्री ओसारपसार गर्ने क्षमता भन्दा बढी सामान ढुवानी गर्ने इजाजत पत्र बिना नै सडकम्मा सवारी चलाउने नियम भन्दा माथी आफु खुसी आफ्नो फाइदाका लागि छत राख्ने गरेकाललागी आफुहरुले नियममा नै रहेर कारबाही गरेको वरिष्ठ हवलदार शाहीले जानकारी दिनुभयो ।

चेक जाच गर्दै सहायक ट्राफिक हवलदार बाबुराम आचार्यले आफू खुशी यसरि कारबाहि गर्ने ,छत निकाल्ने यात्री ओराल्ने यातायात पटक पटक रोक्ने जस्ता कामहरु नियममा रहेर कार्यालयले पठाएको आदेस अनुसार गरेको बताउनु भयो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 678

Leave a Reply

Your email address will not be published. Required fields are marked *