नेपाली हकहितको लागि अग्रसर पौडेलले दिए NRNA माल्टामा सदस्य पदमा उम्मेद्बारी

 

नेपाली हकहितको लागि अग्रसर पौडेलले दिए NRNA माल्टामा सदस्य पदमा उम्मेद्बारी

वैदेशिक रोजगारको शिलशिलामा माल्टामा रहेर हरेक नेपालीहरुको दुख सुखलाई नियालेर परेको समस्याको समाधानको बाटो खोजेर समाधान गर्ने एक सहयोगि युवा हरि प्रसाद पौडेल गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा, आसन्न निर्वाचन २०२३/ २०२५ को राष्ट्रिय समन्वय समितीको सदस्य पदमा उम्मेद्बारी दिएका छन्।

उनी आफू श्रम गरेर कमाएको रकम पनि गरिब,दुखी तथा निमुखाहरुको खाली पेट भरेर र नाङ्गो शरीर ढाकिदिएर जिउँदो भगवान बनेका छन्। नेपाली समाज लगायत माल्टामा बस्नु भएका सबैजना संग सहकार्य गर्दै केही गर्नु पर्छ भन्ने सोँच र हौसला राख्दै पहिलो पटक ( NRNA ) माल्टाको २०२३/२०२५ को आसन्न निर्वाचनमा उम्मेदवारी दिएको उनले बताउँछन।

उनी बिगत ५ वर्ष देखि माल्टामा रहेर माल्टाबासी र नेपाली बासिहरु सबैको मन जित्दै आएका छन्।उनी पहिले देखि सबैको दुख सुखमा हातेमालो गर्न जानेका छन।

पौडेल माल्टामा रहेको ठुलो हस्पिटल माटर डेहिमा काम गर्दै आएका थिए। उनी कुनै पनि नेपाली माटर्डेही हस्पिटलमा बिमारी भएर आउने सबैलाई भेट गरेर परिआएको समस्यालाइ आफ्नोको कमाइबाट र साथीहरुको साथ लिएर सहयोग अभियान चलाएरै भए पनि गर्दै आएका थिए। सहयोग र संस्था व्यवस्थित गर्न पौडेल NRNA सदस्य पदम उम्मेद्बारी दिएको पौडेल बताउँछन।

उम्मेद्वारी दिँदा धेरै नेपाली बासीहरु खुसी मनाएका छन् । उनी नेपालीको मनलै नजिक बाट नियाल्ने र समस्याको समाधान खोज्न सक्ने क्षमता भएका कारण उनलाइ नजिताए समिति निर्बलियो हुने भनेर उनका नजिकबाट बुझेका साथी गुल्मी मुसिकोट, खर्बाङ्गका लक्षु गिरिले जानकारी दिएका थिए।

नेपाली मिडिया तथा बिदेशी मिडियामा समेत उनको चर्चा परिचर्चा रहेको पाहिन्छ। उनि चितवन जिल्ला भरतपुर ११ मा जन्म लिएर माल्टामा आफ्नो परिवार सहित बसेका छन्। पौडेल दुखी गरिबको सहयात्री भएकै कारण माल्टामा रहेका नेपाली र आफ्नो जन्म जिल्ला चितवनमा समेट उनको तिब्र चर्चा रहेको पाहिन्छ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 683

Leave a Reply

Your email address will not be published. Required fields are marked *